आफैलाई गोली हानेका प्रहरी जवानको मृत्यु

कन्चनपुर महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए।

विष्टले माघ ९ गते बुधवार राति डयुटीमा रहेको बेला आफैलाई गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top