हत्या आरोपमा फरार रहेका एक युवक पक्राउ

हत्या आरोपमा फरार रहेका एक जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कुसे गाउँपालिका(८ का २३ वर्षीय जगतसिंह ठकुरीलाई पक्राउ गरेको हो। उनीमाथि नेपालगञ्ज उपमहानगरपालिका–११ टाँगास्टेसनका ३० वर्षीय इसाद कबडियामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ। उक्त घटना गत असार २८ गते राति ११ बजे भएको कार्यालयका डिएसपी आयुशप्रसाद जोशीले जानकारी दिए। पक्राउ परेका ठकुरी बिगतदेखि नै गुन्डागर्दीमा संलग्न रहेको प्रहरी अधिकारीहरूले बताएका छन्। उनलाई प्रहरीले शनिबार राति नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कस्थित अछामी गेष्ट हाउसबाट पक्राउ गरेको थियो। पक्राउ परेका ठकुरी माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top