वरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी, उजुरीकर्ता देउवापुत्र जयवीर
बरिष्ठ पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले समाचार प्रकाशनको विषयलाई लिइएर दिइएको उजुरीको आधारमा अदालतबाट पत्रकार पाठकविरुद्ध सुटुक्क उजुरी लिएर पक्राउ पुर्जी लिएको हो। पत्रकार पाठकले काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयविर देउवाको विषयमा प्रकाशन गरेको समाचारको आधारमा साइबर क्राइममा उजुरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी लिइएको छ। पत्रकार पाठकविरुद्ध देउवापुत्र जयविरले नै उजुरी दिएको बुझिएको छ।