रविको मुद्दामा रुपन्देही जील्ला अदालतमा बहस जारी–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा आज पनि दोस्रो दिनको थुनछेक बहस जारी छ । उनको मुद्धा न्यायधीश प्रह्लादकुमार योगीको इजलासमा बहस चलिरहेको छ ।

अहिले सहकारीका जाहेरवाला पक्षले बहस गरिरहेका छन्। जाहेरवाला पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्ने छन्।

जाहेरवाला पक्षको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट बहस हुने छ। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top