महाकाली सम्झौता ठिक थियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अझै पनि महाकाली सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन्। शनिबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली सम्झौता ठिक रहेको र सरकार अझै कार्यन्वयन गर्ने पक्षमा रहेको बताएका हुन्। ‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ। अहिले सबै कार्यान्वयन गर्ने पक्षमा छन् म पनि छु,’ उनले भने। उनले निकट भविष्यमै कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए। ‘सम्भव भएसम्म निकट भविष्यमै महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यानव्यन गर्छौं। यो गर्नुपर्ने छ,’ उनले भने। उनले सोही सम्झौताअनुसार  बिजुलीको पैसा, पानी लिइरहेको बताए।  चाँदनी दोधारामा पानीको विषयमा फेरि कुरा अगाडि प्रधानन्त्री ओलीले बताए। उनले त्यतिबेला पार्टी विभाजन गर्नका लागि महाकालीमा नक्कली इस्यू खडा गरिएको बताए। ‘महाकालीको इस्यू भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झन्डा देखाएर महाकाली भन्दै कुद्ने स्थिति थियो। नक्कली आडम्बरी र पाखण्डी कुरा थियो त्यसमा कुनै दम थिएन,’ उनले भने, ‘त्यो सन्धी ठिक छ। सम्झौता ठिक छ। तर त्यसबेला नदी खोला बेचे खाए भनियो। कुनै नदी खोला बेचिएको थिएन,’ उनले भने।उनले स्वाधीनता र सार्बभौसत्ता अलिकति पनि तलमाथि हुन नदिने पार्टीमाथि त्यस्तो आरोप लगाएको पनि बताए। ‘नेकपा एमाले राष्ट्रको सार्वभौमसत्ता सम्प्रभूत्ता, भोगोलिक अखण्डता राष्ट्रिय हित स्वाधीनता स्वतन्त्रता अथवा स्वाभिमान  केहीलाई पनि बेच्ने त कल्पनै छाडिदिऔं अलिकति तलमाथि हुन नेकपा एमालेले दिँदैन। यस्तो शक्तिमाथि आरोप लगाइयो,’ उनले भने।

Read More

प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीलाई बधाइृ दिएका हुन्।  ‘यसको लागि तपाईंहरूको मेहनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षक/शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपेक्षित नतिजाबाट बञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु।’ उनले राष्ट्र निर्माण र समृद्धिका लागि एसईईमा प्राप्त उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्।

Read More

विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्ति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुने गरी बोलेको भन्दै उनले आपत्ति जनाएका हुन्। शनिबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद कार्य भएको बताएका छन्। यस्तो नतिजामा पनि केही मानिसहरूले अङ्क थपेर पास गराइयो भन्दै अपमान गरेको बताए। नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताए । उनले नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाइ अघि बढाउन सक्ने खुबी रहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘खुसीको कुरा हो। यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ। यस अवसरमा राम्रो नम्बरका साथ उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उनीहरूको सफलताको शुभकामना दिन चाहन्छु। ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुर्‍याउन मेहनत गर्ने विद्यार्थी भाइबहिनीलाई धन्यवाद दिन चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद दिन चाहन्छु, उनीहरूको मेहनत सफल भएको छ।’ प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताए। विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने बताए।

Read More

रवि लामिछानेलाई लक्षित गर्दै जेलमा हुँदा समेत ठग्न नछाडेको कांग्रेसका सांसद रामहरि खतिवडाको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा हुँदा समेत ठग्न नछाडेको आरोप लगाएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘रविको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानबारे उनले भने बदमासी गर्नेहरूले कहीँ जाँदा पनि छाड्दैनन्। जेलमा बस्दा होस् वा बाहिर ठग्न नछाड्ने प्रवृत्ति व्यापक रूपमा भएको छ। जोसुकै होस्, जेलमा परेको छु सहयोग गर्नुस् भनेर चन्दा उठाउँदै छन्। यस्तो प्रवृत्ति देखियो, जेल भित्रबाट पनि।’ उनले यस्तै, सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेकाहरू पनि सांसद बनेर सदनमा आएको भन्दै त्यसको छानबिन गर्न माग गरे।

Read More

देउवाले चाहेको र बनाउन सक्ने सभापतिको सम्भावित उम्मेदवार को हो त?

‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो। हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ। म रिटायर्ड हुन लाग्या छु। यो पार्टीलाई एक बनाउने इच्छा छ,’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवारा शुक्रबार चितवनमा व्यक्त विचारको एक अंश हो यो। पार्टी विधानले तेस्रो पटक सभापति बन्न रोक लगाएसँगै देउवा १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न पाउने छैनन्। तर कतै देउवाले विधान नै संशोधन गरेर फेरि उम्मेदवार बन्ने त होइन भन्ने आशंका पार्टीकै नेताहरूले गर्दै आएका थिए। यो आशंकालाई देउवाले चिरेका छन्। कांग्रेसनेत्री गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा शुक्रबार चितवन पुगेका देउवाले आफू पार्टीबाट ‘रिटायर्ड’ हुन लागेको बताएका हुन्। पहिलो पटक उनले यस्तो अभिव्यक्ति दिएका हुन्। देउवाको यो अभिव्यक्तिसँगै अब देउवाको उत्तराधिकारी को भन्ने बहस कांग्रेसमा थप मुखर हुने विश्लेषण गर्न थालिएको छ। दोस्रो पुस्ताका नेताहरूले देउवाको उत्तराधिकारी बन्न आआफ्नै ढंगबाट प्रयास तीव्र बनाउँदै आएका छन्। देउवाले चाहेको र बनाउन सक्ने सभापतिको सम्भावित उम्मेदवार को हो त? यस विषयमा देउवा स्वयंले केही खुलाएका छैनन्। तर २०८० भदौ १९ गते चितवनबाटै कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले १५औं महाधिवेशनमा देउवाको साथ र समर्थन आफूले पाउने संकेत गरेका थिए। ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, नहुने भन्ने के छ र?’ शशांकले त्यतिबेला भनेका थिए। पार्टी नेतृत्वका आकांक्षी अन्य नेताहरू पनि रहेको स्वीकार गरेका शशांकले सबैसँगको छलफलमै अघि बढ्ने दाबी गरेका थिए। देउवाले शुक्रबार चितवन पुगेर आफू रिटायर्ड हुन लागेको बताइरहँदा शशांक र पूर्वउपसभापति विमलेन्द्र निधि पनि सँगै थिए। देउवासँग निकट मानिएका निधिसँगै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठसहितका नेता नेतृत्वका आकांक्षी छन्। यसअघि १४औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले पनि नेतृत्वमा पुग्न नेता–कार्यकर्तासँगको भेट र भेलालाई तीव्र पारेका छन्। महामन्त्री गगनकुमार थापा पनि नेतृत्वका आकांक्षी हुन्। उनले पनि पार्टीका नेता र कार्यकर्तासँगको भेटलाई तीव्रता दिएका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि विधानको अतिरिक्त सुविधा प्रयोग गरेर मात्र महाधिवेशन गर्दै आएको कांग्रेसमा अरू कोको नेतृत्वका आकांक्षी छन्, खुल्दै जालान्। राजनीतिमा असम्भव भन्ने केही नभएको भन्दै अन्तिममा देउवाको साथ र समर्थन शेखरलाई नै हुन सक्ने कतिपयको तर्क र विश्लेषण छ। तर, कांग्रेसभित्रको अहिलेसम्मको अवस्थाले त्यो सम्भावना अत्यन्तै कम मात्र होइन, कमजोर देखिएको छ। त्यसो भए देउवाको समर्थन कसलाई रहन्छ त? देउवा निकट कतिपय नेता र कांग्रेसका जानकारहरूका अनुसार उनको प्राथमिकताको सूचीमा शशांक कोइराला र कृष्णप्रसाद सिटौला अघि पर्न सक्छन्। त्यसपछि पूर्णबहादुर खड्का, निधि, सिंह, श्रेष्ठसहितका नेताहरू प्राथमिकतामा पर्ने विश्लेषण गरिएको छ। १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षमा विद्रोह गरेर सिटौला सभापतिको प्रत्यासी बनेका थिए। नेतृत्व चयन दोस्रो चरणमा जाँदा सिटौलाले देउवालाई समर्थन गरेका थिए। रामचन्द्र पौडेल (हालका राष्ट्रपति) सभापतिमा पराजित भएका थिए। पौडेल समूहबाट महामन्त्रीका उम्मेदवार शशांक भने निर्वाचित भएका थिए। १४औं महाधिवेशनमा भने सिटौला आफू सभापतिको उम्मेदवार बनेनन्। त्यसबेला देउवाको सहयोगी बनेका सिटौला राष्ट्रपतिका आकांक्षी रहेको निकटहरूको दाबी थियो। तर आफ्नै समूहबाट साझा उम्मेदवार बन्न असफल भएपछि पौडेल महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धाबाट अलग भए। त्यसको लाभ महाधिवेशनमा देउवालाई नै भयो। देउवाले पछि पौडेललाई राष्ट्रपति बनाए। प्रतिनिधिसभा सदस्यमा पराजित सिटौलालाई देउवाले राष्ट्रियसभा सदस्य बन्न आग्रह गरे। देउवा र तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सिटौलार्ला राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन दिएका थिए। त्यसअघि नै माओवादी केन्द्रले कांग्रेससहितका दलहरूसँगको गठबन्धन तोड्दा सिटौला उक्त भूमिकामा पुुग्न पाएनन्। त्यसपछि सिटौला–देउवा सम्बन्ध थप बलियो बन्दै गएको निकटहरूको दाबी छ। शेखरसहितले महाधिवेशन केन्द्रित भेटघाटलाई तीव्र बनाएपछि सिटौलाकै अगुवाइमा गत फागुन पहिलो साता ११ जना नेताले देउवालाई भेटेर सभापतिको उम्मेदवार तोक्न दबाब दिएका थिए। तर देउवाले समय आएपछि छलफल गरेर अघि बढ्ने बताएका थिए। १४औं महाधिवेशनमा शेखर सभापतिको प्रत्यासी बन्दा उनको पक्षमा शशांक खुलेनन्। देउवा इतर समूहबाट आफू वा पौडेललाई सभापतिको उम्मेदवार बन्ने/बनाउने शशांकको चाहना थियो। चाहनाअनुसार नभएपछि शशांक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मौन बसे। त्यसको लाभ देउवालाई पुग्यो। देउवा १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए। १५औं माधिवेशनमा देउवाले त्यो गुन शशांकलाई तिर्ने एकथरी कांग्रेस नेताहरूको विश्लेषण छ। देउवाबाट शशांकले केही आश्वासन वा संकेत पाएको हुनसक्ने अनुमान कांग्रेसभित्र लगाउने गरिएको छ। राजनीतिक मात्र होइन, जीवनको उत्तरार्धमा पुगेका देउवाले पार्टी नेतृत्व बिपी (बिपी कोइराला) कै छोरामा हस्तान्तरण गर्न लागेको भावुक कुरा गरेर निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने तर्क पनि कांग्रेसभित्रै गर्न थालिएको छ। आफू बिपीको सच्चा अनुयायी भएको बताउने देउवाका लागि नेतृत्वका आकांक्षीमध्ये शशांक कम खतरा हुने पनि उनीहरूको बुझाइ छ। तर शशांक देउवाको साथ र समर्थन नपाए सभापतिको प्रत्यासी पनि नबन्ने निकटहरूको दाबी छ। त्यस्तो अवस्थामा शशांक शेखरको पक्षमा खुल्ने विश्लेषण गर्न थालिएको छ। कांग्रेसका कतिपय नेताहरू शेखर, शशांक र सुजाता कोइराला मिलाउन सक्रिय भएका छन्। अघिल्लो महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य तीनतिर फर्कंदा त्यसको लाभ देउवाले उठाएको जनाउँदै शुभेच्छुकहरूले उनीहरूलाई मिल्न दबाब बढाउन थालेका हुन्। त्यस्तै पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। देउवाका अप्ठेराका सहयोगी निधि १४औं महाधिवेशनमा भने देउवासँगै सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा सभापति निर्वाचित हुन आवश्यक मत कसैले पनि पाएनन्। बढी मत पाएका दुई उम्मेदवारबिच दोस्रो चरणमा गएको निर्वाचनमा निधि देउवाको पक्षमा खुलेका थिए। उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक) नियुक्तिलाई लिएर देउवा र निधिको सम्बन्धमा खटपट आएको थियो। त्यससँगै चिसिएको सम्बन्ध पुरानो अवस्थामा अझै फर्केको छैन। अहिले उपप्रधानमन्त्रीसमेत रहेका पूर्वउपसभापति प्रकाशमान सिंह पनि १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार थिए। रामचन्द्र पौडेल र शेखर कोइराला नभए आफूलाई देउवा इतर समूहबाट सभापतिको प्रत्यासी बनाउनुपर्ने उनको जिकिर थियो। नेताहरूबिच समझदारी निर्माण नहुँदा इतर समूहबाट शेखर र सिंह दुुवै उम्मेदवार बनेका थिए। दोस्रो चरणमा गएको निर्वाचनमा सिंह देउवाको पक्षमा खुलेका थिए। अहिले सिंह, निधि, शशांक, सिटौला, श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहितका नेताले आगामी महाधिवेशन केन्द्रित ‘लन्च मिटिङ’ गर्दै आएका छन्। उनीहरूले सातै प्रदेशमा भेला आयोजना गर्ने जनाउँदै आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाउने दाबी गर्दै आएका छन्। देउवा समूहबाटै उपसभापति निर्वाचित पूर्णबहादुर खड्का पनि सभापतिको आकांक्षी छन्। देउवालाई विगतदेखि वर्तमानसम्म सहयोग गर्दै आएका खड्काले आफू नै देउवाको उत्तराधिकारी भएको निकटहरूसँग बताउँदै आएका छन्। नयाँ र पुराना पुस्ताका नेताहरूको सन्तुलन मिलाएर आफूले मात्र पार्टीलाई अघि बढाउन सक्ने खड्काले निकटहरूसँग बताउने गरेका छन्। शेखर समूहबाटै महामन्त्री निर्वाचित गगनकुमार थापा पनि नेतृत्वका आकांक्षी छन्। नेतृत्वको दौड बढाएसँगै शेखरसँग उनको दूरी बढ्दै गएको छ। शेखर र गगनबिचको सम्बन्धमा थप सुधार नआए महाधिवेशनमा उनीहरू एक ठाउँमा उभिने अवस्था आउनसक्ने निकटहरूको बुझाइ छ। सम्बन्ध सुधार्न शेखर र गगन निकटहरू लागिपरेका छन्। उनीहरूको प्रयास सफल हुुन नसके उपसभापति खड्का र महामन्त्री थापा एउटा बिन्दुमा उभिने अवस्था आउने विश्लेषण पनि गर्न थालिएको छ। विधानमा भएको चार वर्षको समयसीमाअन्तर्गत मंसिरभित्र कांग्रेसको १५औं महाधिवेशन नहुने निश्चित छ। कांग्रेस विधानअनुसार…

Read More

अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ- प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा उनले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए। उनले भने, ‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन। हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो। त्यस्ताका पछाडि लाग्नु हुँदैन।’ यस्तै, उनले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तिर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए। उनले मौका परीक्षामा सहभागी हुने र आउने एसइइका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी पनि दिए।

Read More

‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई संसद, चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई संसदबाट बहिष्कार गरिरहेको बताउँदै आम नागरिकलाई पनि उनीहरूका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन्। संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शाहीले दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन यो कदम आवश्यक रहेकोमा जोड दिए। शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए। उनले संसदले आफ्नो भूमिका निर्वाह गरिरहेको भए पनि नागरिक स्तरबाट पनि दबाब सिर्जना हुनुपर्नेमा जोड दिए। ‘हामीले संसदभित्रबाट बहिष्कार गरिरहेका छौँ, अब तपाईंहरू आम जनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस्,’ शाहीले भने, ‘यसले गर्दा दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन्।’ शाहीले भिजिट भिसाको दुरुपयोगले नेपाली युवाहरू विदेशमा अलपत्र पर्ने र दुःख पाउने अवस्था आएको भन्दै यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले दोषीहरूलाई कारबाही नभएसम्म आफ्नो पार्टीले संसद र सडक दुवैबाट आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।

Read More

प्रधानमन्त्रीको सम्बोधन सुरु भएपछि प्रतिपक्षी दुई दलका सांसदहरू बैठक छाडेर बाहिरिए

सांसदहरूले बैठक सुरु हुनासाथ आ–आफ्नो स्थानमा उभिएर विरोध जनाएका छन्। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ बैठकको सुरुमै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्। त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद गणेश पराजुली र राप्रपा सांसद रोशन कार्कीलाई आफ्नो कुरा राख्न समय उपलब्ध गराएका थिए। सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा छानविन हुनुपर्ने माग गरे। राप्रपा सांसद रोशन कार्कीले पनि भिजिट भिसाका सम्बन्धमा आएका विषयमा छानिबिनको माग गरिन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन सुरु भएपछि दुवै दलका सांसदहरू बैठक छाडेर बाहिरिएका छन्।

Read More

राप्रपा की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ती नदेखाउन चेतावनी दिएकी छन् । शनिबार (असार १४) प्रतिनिधिसभा बैठकमा उनले यस्तो चेतावनी दिएकी हुन् । मानव तस्करीका नाममा किन नेपाली जनतालाई लुटेको ? भन्दै उनले प्रश्न गरिन् । “गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनतालाई किन लुटिँदै छ, यसको जवाफ छ गृहमन्त्रीज्यू ?,” उनले भनिन्, “बीपीले भन्नुभएको थियो– जो कार्यकर्ता नेताको ज्यादती सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् । तपाईंहरू कुन वर्गमा पर्नुहुन्छ ? उनले गृहमन्त्रीलाई आफूले सोझो ठानेको भए पनि चम्मु बाठो पाएको टिप्पणी गरिन् । “गृहमन्त्रीज्यूलाई मैले त सोझो ठानेको थिएँ, तर उहाँ त चम्मु बाठो हुनुहुँदो रहेछ,” उनले भनिन्, “उहाँले त यस्तो समिति बनाउनुभयो कि उहाँलाई फुत्किन र कमाइ बचाउन धेरै सजिलो भयो ।” उनले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफू र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गरेको आरोप लगाइन् । “धेरै फुर्ती नदेखाउनुस् गृहमन्त्रीज्यू, एक दिन यस्तो समय आउँछ, पल्लो छेउबाट ओल्लो छेउ आउनुहुन्छ,” उनले भनिन्, “तपाईंले दैनिक भिजिट भिसाका नाममा ५० लाखदेखि एक करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ ।”  उनले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् । न्युज एजेन्सी नेपाल

Read More

मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको आरोप

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोप लागेका छन्। मालपोत अधिकृतको सरुवा तथा भूमिसम्बन्धी नियुक्तिको विषयमा व्यापारीसँग घुस लिएको अडियो र तस्बिरसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेको छ। सूचनाअनुसार मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख अधिकृतको सरुवा नगर्ने सर्तमा ५३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। यो रकम मन्त्री निवासमै उनको भतिजी मेलिना गुप्तामार्फत बुझिएको जनाइएको छ। साथै, भूमि आयोगको सदस्यमा नियुक्त गरिदिने भन्दै थप २५ लाख रुपैयाँ लिएको पनि उजुरीमा उल्लेख छ। मन्त्री गुप्ताले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।  तर, उजुरीमा अडियो र तस्बिर दुवै छन् — जसमा मन्त्रीले घुस मागेको र व्यापारीहरूले नोटको बिटो दिएको देखिन्छ। रकम बुझिएपनि सम्झौता बमोजिमको काम नगरेपछि पीडित पक्षले उजुरी दर्ता गराएको हो। मन्त्री गुप्ता एमालेबाट पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि मन्त्रीमाथिको प्रमाण पुगेको बताइए पनि हालसम्म कुनै राजनीतिक वा कानुनी कारबाही प्रक्रिया अघि बढेको छैन। सो अडियो र फोटो हाल युट्युब लगायतका सामाजिक सञ्जालमा पनि सार्वजनिक भइसकेका छन्। यस्ता स्पष्ट प्रमाणहरूसहित उजुरी दर्ता भइसकेको अवस्थामा मन्त्री गुप्ताको पद सुरक्षित रहने कि धरापमा पर्ने — त्यसले अबको राजनीतिक चाल चित्र स्पष्ट पार्नेछ।

Read More
Back To Top