तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर दलगत लाभ लिँदा शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न उठ्ने बताएका छन् । बस्नेतले शनिबार आफ्नो फेसबुक पेजमा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको यो हदको उल्लङ्घनले सरकारकै नैतिकतालाई खोक्रो बनाउने समेत जनाएका छन्  । ‘सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भातृसंगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन भएछ । राज्य कोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम ‘दलगत लाभ’ बाँड्ने हो भने शासन प्रणाली र दलहरू माथि समेत गम्भीर प्रश्न उठ्छ’, नेता बस्नेतले लेखेका छन् । उनले वीर गणेशमान सिंहको छोरा, आफ्नै थातथलो लोकतान्त्रिक सङ्घर्षमा, इतिहास बोक्ने नाम थर भएको व्यक्तिले त्यो नाम र आदर्शको मूल्य यति सस्तोमा फ्याल्नु राम्रो हो त दाजु ? भन्दै मन्त्री सिंहलाई प्रश्न गरेका छन् ।  ‘शासकीय मर्यादाको यो हदको उल्लङ्घनले तरुणतालाई होइन, सरकारकै नैतिकतालाई खोक्रो बनाउँछ । सत्ता सस्तो नबनाउनु दाजु , तपाईँप्रतिको हाम्रो सम्मान नघटोस् !’, बस्नेतको सुझाव छ ।

Read More

फोर्स गाडी र ट्रक आपसमा ठोकिदा दुर्घटनामा ८ जना घाइते!

नेपालगञ्जबाट सुर्खेत आउदै गरेको फोर्स गाडीलाई बिपरित दिशाबाट आएको ट्रकले बबई नजिक ठक्कर दिँदा फोर्स गाडीमा सवार ११ जना मध्ये ८ जना घाइते भएका छन्। घाइतेलाई उद्दार गरी उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको र ट्रक चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Read More
Back To Top