३० जेठ, काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे (स्थानीय समय अनुसार दिउँसो साढे २ बजे) सो विमान उडेको थियो । तर अण्डमान सागर माथि आइपुगेका बेला सो विमान फर्किएर फुकेट विमानस्थलमै अवतरण गरेको थियो । विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको रोयटर्सले जनाएको छ ।