Samachar Bank

वामदेव गौतमलाई एमालेले पार्यो विचल्ली

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई नेकपा एमालेले गम्भीर रूपमा नलिएको भनेर दुखेसो पोखेका छन्। शुक्रबार नागरिकसँगको संवादका क्रममा उनले भने, एमालेले सहकार्य र एकता गर्ने भन्यो तर, अहिले केही छैन। एमालेले मलाई गम्भीर रूपमा लिएन।  अब के गर्ने भन्नेबारे सोच्दैछु, छलफल गर्दैछु, उनले भने। यसअघि नेकपा एकीकृत समाजवादीसँग एकता गर्नका लागि तयार रहेका गौतम एमालेले ग्रीन सिग्नलु दिएपछि रोकिएर उतै संवाद थालेका थिए। त्यही अन्तर्गतगत माघ ५ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। यसपछि गौतमकै आग्रहअनुसार माघ ८ गते पार्टीको सचिवालय बैठक आह्वान गरेका ओलीले पार्टीमा गौतम पुन समाहित हुनेबारे प्रस्ताव राखे। त्यस सम्बन्धमा नेताहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त भयो। तर, बहुमत नेताहरूले गौतमलाई पार्टीमा ल्याउन नहुने धारणा राखेका थिए। यसपछि यो विषय यतिकै फासफुस भयो। यसले गौतमलाई भने झट्का दियो। एकीकृत समाजवादीसँग ठीकठाकसँग एकता प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा उनले एमालेले अमल्यायो मात्रै, उनले भनेका छन्, यता न उताको भइयो। एमालेले अलमल्यायो ।

Read More

लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ

कैलाली जिल्ला अदालतले फैसला गरेको लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको जनाएको छ।

Read More

बैतडीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

बैतडी जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान जिप दुर्घटना हुँदा ६ जना घाईते मध्य २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा घाइते ४० वर्षीया तुलसी धामी, १८ वर्षीया कमला धामी १४ वर्षीया धौली धामी र १६ वर्षीया निरा धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ।

Read More

भूमि आयोग कैलालीले ऐलानी भोगचलनमा रहेको जग्गाको पुर्जा दिने

नेपाल सरकार, भूमि समस्या समाधान आयोग, कैलालीले १५ वर्षदेखि भोगचलन गर्दै आएहरूलाई जग्गाको पुर्जा दिने बताएको छ। भूमि आयोगले २०६६ सालअघि जङ्गल क्षेत्रमा बसोबास गर्दै आएकाहरूलाई जग्गा धनी पुर्जा दिने भएको हो। भूमि समस्या समाधान आयोग, जिल्ला समिति कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले २०७६ माघ २८ भन्दा १० वर्ष अगाडीदेखि बसोबास गर्दै आएकाहरूलाई जग्गा धनी पुर्जा दिने बताए। उनले भने, ‘२०७६ माघ २८ भन्दा पूर्व १० वर्ष अगाडीदेखि बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउने भनेर, गठन आदेशमा भनेको छ। नयाँ अध्यादेशमा यही कुरा छ। समस्या समाधान हुन्छ।’ भूमि आयोगले १५ वर्षदेखि जहाँ बसोबास गर्दै आएको छन्, उनीहरूलाई त्यही जग्गाको पुर्जा दिने भएको हो। राष्ट्रिय वन तथा सामुदायिक वनहरूमा बसोबास गर्दै आएकाहरूको नाममा समेत सरकारले जग्गा धनी पुर्जा दिने जनाएको छ। भूमि आयोग, कैलालीले हालसम्म एक लाख ३५ हजार भूमिहीनको तथ्याङ्क सङ्कलन गरिएको छ। जिल्लाका १३ वटै स्थानीय तहहरूबाट एक लाख ३५ हजार तथ्याङ्क सङ्कलन गरिएको हो। भूमि सम्बन्धी नयाँ अध्यादेश जारी भएसँग समस्या समाधान हुने तर्क गरिएको छ। कैलालीका स्थानीय तहहरूले जग्गाको ६० प्रतिशत नाप–जाँचको कामसमेत पूरा भएको छ। उपाध्यायले भने, ‘कैलालीमा एक लाख ३५ हजारको तथ्याङ्क छ। भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूको ६० प्रतिशत नाप जाँचको काम पनि सकिएको छ ।’  नेपाल सरकारले अध्यादेश मार्फत फेरि गठन गरेको भूमि समस्या समाधान आयोगलाई अन्तिम पटक भनेको छ। सरकार परिवर्तनसँगै आयोगका पदाधिकारीसमेत परिवर्तन हुने परिपाटी रहेको छ। नेपाली काँग्रेस र एमालेसहितका दलहरूको गठबन्धनबाट बनेको सरकारले अन्तिम आयोग भन्दै नयाँ समिति गठन गरेको हो।

Read More

आफैलाई गोली हानेका प्रहरी जवानको मृत्यु

कन्चनपुर महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए। विष्टले माघ ९ गते बुधवार राति डयुटीमा रहेको बेला आफैलाई गोली प्रहार गरेका थिए । गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि धनगढीको निसर्ग अस्पतालमा भर्ना गरिएको थियो ।

Read More

मेयर हर्क साम्पाङले बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ लेख्दै अख्तियारलाई जवाफी पत्र

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई स्पष्टीकरण सोध्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई  जवाफी पत्र लेखेका छन्। अख्तियारलाई जवाफी पत्र लेख्दै मेयर साम्पाङले श्रमदान अभियानको खेदो नखन्न, बरु उनले एनसेल, वाइडबडीतिर लाग्न जवाफी पत्र लेखेका छन् । ‘एनसेल, वाइडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला,’ उनले भनेका छन्। अगाडि लेख्दै उनले भनेका छन्, ‘बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउनु परो, भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुट्‌नु परो, त्यसको लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन धुनैपरो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भूएन, धुनैपरो। लुगा धुन पनि पानी नभइ नहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्ल्यूएचओ, नुहाउनलाई नि पानी चाहियो। यसो… करेसाबासी र बगैँचातिर पनि पानी चाहिने नै भयो। फेरि सुँगुर, कुखुरालगायतका चौपायालाई पनि पानी नखुवाइ नहुने,’ उनले जवाफी पत्रमा भनेका छन्। यस्तो छ पत्र-

Read More

अमेरिकामा राष्ट्रपति ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बनाउन संसदमा प्रस्ताव

अमेरिकामा राष्ट्रपति ट्रम्पलाई तेस्रो पटक राष्ट्रपति बनाउन संसदमा प्रस्ताव आएको छ । उक्त प्रस्ताव रिपब्लिकन एंडी ओगल्स ले संविधान संसोधनका लागि यो प्रस्ताव ल्याएका हुन । अहिलेको नियममा कुनै पनि व्यक्ति दूई पटक सम्म मात्रै अमेरिकाको राष्ट्रपति हुने प्रावधान रहेको छ । उक्त नीयम संसोधन गरेर तेस्रो पटक राष्ट्रपति बन्नका लागि ट्रम्पको बाटो खुला गर्न यो प्रस्ताव अपरिहार्य रहेको एंडी ओगल्सको भनाइ रहेको छ ।

Read More

रविको मुद्दामा रुपन्देही जील्ला अदालतमा हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा आज हेर्दाहेर्दैमा परेको छ, अव आईतवार मात्रै थुनछेकको फैसला आउने अनुमान गरिएको छ । उनको मुद्धा न्यायधीश प्रह्लादकुमार योगीको इजलासमा बहस चलेको थियो ।

Read More

गठवन्धन गर्दा विकास हुन नसकेको कांग्रेसका केन्द्रिय सदस्य वडको स्विकार

कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गठवन्धन गर्दा विकास हुन नसकेको कांग्रेसका केन्द्रिय सदस्य वडको स्विकार कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वडले विभिन्न पार्टीहरु संग पटक पटक गठबन्धन गर्दा देशमा विकास हुन नसकेको बताएका छन गठबन्धन हुदा कांग्रसलाई क्षति भएको र सोचे अनुरुप काम गर्न नसकेको भन्दै प्रत्येक घरमा १ जना कांग्रस बनाउने लक्ष्य अनुसार कांग्रेस पार्टीका सदस्यहरुले लागिपर्ने बताए । उनले अगाडी थप्दै भने अब कांग्रेसले गुट उपगुट हुन नहुने र कांग्रेसको एउटै गुट सभापति शेर बहादुर देउवा पक्ष मात्रै हुनु पर्ने भन्दै सिंगो कांग्रेस एकतावद्ध भएर जानुपर्नेमा जोड दिए ।                        

Read More

जनता संग माओवादीको सम्बन्ध कमजोर –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर रहेको बताएका छन्  ।    आज शुक्रबार दाङको तुलसीपुर– ८ मा आयोजित एक कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारे गरेका हुन् । अध्यक्ष दाहालले भने– जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेका छौ । ‘जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो । हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्‍यौँ । ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन् । अब त्यसलाई सच्याउनुपर्छ । सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ’, उनले भने, ‘हिजो जनयुद्धमा जुन वर्ग समुदायका माग र मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही समुदायतिर नै फर्किनुपर्छ । सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ । जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ ।  यसमा म सन्तुष्ट छु ।’

Read More
Back To Top