Samachar Bank

गठवन्धन गर्दा विकास हुन नसकेको कांग्रेसका केन्द्रिय सदस्य वडको स्विकार

कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गठवन्धन गर्दा विकास हुन नसकेको कांग्रेसका केन्द्रिय सदस्य वडको स्विकार कांग्रेस शुक्लाफाँटा नगर कार्यसमितिले शुक्रबार आयोजना गरेको १०० विशेष अभियान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप वडले विभिन्न पार्टीहरु संग पटक पटक गठबन्धन गर्दा देशमा विकास हुन नसकेको बताएका छन गठबन्धन हुदा कांग्रसलाई क्षति भएको र सोचे अनुरुप काम गर्न नसकेको भन्दै प्रत्येक घरमा १ जना कांग्रस बनाउने लक्ष्य अनुसार कांग्रेस पार्टीका सदस्यहरुले लागिपर्ने बताए । उनले अगाडी थप्दै भने अब कांग्रेसले गुट उपगुट हुन नहुने र कांग्रेसको एउटै गुट सभापति शेर बहादुर देउवा पक्ष मात्रै हुनु पर्ने भन्दै सिंगो कांग्रेस एकतावद्ध भएर जानुपर्नेमा जोड दिए ।                        

Read More

जनता संग माओवादीको सम्बन्ध कमजोर –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर रहेको बताएका छन्  ।    आज शुक्रबार दाङको तुलसीपुर– ८ मा आयोजित एक कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारे गरेका हुन् । अध्यक्ष दाहालले भने– जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेका छौ । ‘जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो । हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्‍यौँ । ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन् । अब त्यसलाई सच्याउनुपर्छ । सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ’, उनले भने, ‘हिजो जनयुद्धमा जुन वर्ग समुदायका माग र मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही समुदायतिर नै फर्किनुपर्छ । सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ । जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ ।  यसमा म सन्तुष्ट छु ।’

Read More

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्चमा मुद्दा दायर

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन्। टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग राईले गरेका छन्। उक्त निवेदनमा आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकेको छ।

Read More

रविको मुद्दामा रुपन्देही जील्ला अदालतमा बहस जारी–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा रुपन्देही जिल्ला अदालतमा आज पनि दोस्रो दिनको थुनछेक बहस जारी छ । उनको मुद्धा न्यायधीश प्रह्लादकुमार योगीको इजलासमा बहस चलिरहेको छ । अहिले सहकारीका जाहेरवाला पक्षले बहस गरिरहेका छन्। जाहेरवाला पक्षबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्ने छन्। जाहेरवाला पक्षको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट बहस हुने छ। लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।

Read More

भारतको जलगाँउमा रेल दुर्घटनामा १३ जना मध्य ७ जना नेपाली रहेको खुलासा:

भारतको महाराष्ट्र जलगाँऊमा भएको रेल दुर्घटनामा परि हाल सम्म १३ जनाको मृत्यु भएको भारतिय सरकारले पुष्टी गरेको छ । वुधवारका दिन पुस्पक एक्सप्रेस रेलमा अफवाहका कारण भयानक दुर्घटना भएको हो । स्थानिय मिडिया रिर्पोटका अनुसार पुस्पक रेलमा आगो लागेको अफवाहका कारण दुई जना यात्रुले चलिरहेको रेलबाटै हाम फालेपछी रेलभित्र भागदौड मच्चिएको थियो कोहि झ्यालबाट त कोही गुडिरहेको रेलको ढोकाबाट हाम फाल्न थालेका थिए जसकारण एक यात्रुले रेलको चैन तानी रेल रोकेका थिए रेल रोकिने वित्तिकै तिव्र गतिमा विपरित दिशाबाट आउदै गरेको रेलले यात्रु कुल्चिदा १३ जनको मृत्यृ भएको हो । यस दुर्घटनाको बारेमा उप मुख्य मन्त्रि अजित पवारको वयान आइसकेको छ । दुर्घटना कसरी भयो? अफवाह कसले फैलायो भन्ने वारेमा उनले भनेका छन – पुस्पक एक्सप्रेस मुम्वई तिर आईरहेको थियो तब पचौरा नजिकै पुग्नै लाग्दा चिया बेच्ने व्यक्तिले रेलको क्याविनमा आगो लागेको अफवाह फैलाएछ, त्यसै क्रममा यात्रा गरिरहेका दुई यात्रु उदल कुमार र विजय कुमारले डरले गर्दा गुडिरहेको रेल वाटै हाम फाले यो घटना देखेर रेलको क्याविनमा भागदौड मच्चियो । यसैक्रममा यात्रुहरु गुडिरहेको रेलको दुवै दिशाको झ्याल बाटै हाम फाल्न शुरु गरेछन । त्यतिवेला एक यात्रुले गुडिरहेको रेलको चैन तानि रेल रोकेका थिए । त्यसपछि यात्रुहरु हाम फाल्दै यताउता भाग्न थाले यसैक्रममा बैङ्लोर बाट मुम्वई तिर गईरहेको कर्ननाटक एक्सप्रेसले यात्रु कुल्चिदा १३ जनाको मृत्यु भएको छ । १० जनाको पुरै शरिर मिल्यो भने ३ जनाको शरिर टुक्रा टुक्रा भएको र घाइतेहरुको उपचार भइरहेको जानकारी दिए । उक्त घटनामा ७ जना नेपाली यात्रुहरुको मृत्यु भएको खवर पनि बाहिरिएको छ । यसैगरी रेलमन्त्रिको कार्यालयले मृतकको परिवारलाई १ लान ५० हजार, गम्भिर घाइतेको परिवार लाई ५० हजार र सामान्य घाईतेलाई ५ हजार राहत दिने घोषणा गरेको छ भने महाराष्ट्र सरकारको बाट मृतकको परिवारलाई ५ लाख आर्थिक सहायताको घोषण गरेको छ ।  

Read More

डिजिटल युगमा नेपाल: प्रविधिको प्रभाव र अवसरहरू

नेपाल, एक विकाशोन्मुख राष्ट्र, आज डिजिटल युगतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। सूचना प्रविधिको तीव्र प्रगतिको कारण देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सकारात्मक प्रभाव देखा परेको छ। विशेषगरी इन्टरनेट र स्मार्टफोनको पहुँचले नेपाली समाजमा उल्लेखनीय परिवर्तन ल्याएको छ। डिजिटल युगको प्रभाव: १. शिक्षा क्षेत्रमा प्रगतिशील परिवर्तन डिजिटल प्रविधिले शिक्षाको स्तरलाई उल्लेखनीय रूपमा सुधार गरेको छ। ई-लर्निङ प्लेटफर्महरूको विकासले दुर्गम स्थानका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाएको छ। अनलाइन कक्षाहरू, डिजिटल पुस्तकहरू, र शैक्षिक एपहरूले शिक्षामा नयाँ युगको शुरुआत गरेका छन्। २. आर्थिक क्षेत्रमा डिजिटल क्रान्ति नेपालको बैंकिङ प्रणालीमा डिजिटल प्रविधिको अवलम्बनले आर्थिक गतिविधिहरूलाई सहज बनाएको छ। ई-पेमेन्ट प्रणालीहरू, मोबाइल बैंकिङ, र क्यूआर कोड पेमेन्टले व्यापार व्यवसायलाई सरल र छरितो बनाएको छ। ई-कमर्स प्लेटफर्महरू, जस्तै दराज र सस्तो डिलले उपभोक्ताहरूलाई डिजिटल खरीदारीतर्फ आकर्षित गरेका छन्। ३. सरकारी सेवामा पारदर्शिता र पहुँच डिजिटल प्रणालीको प्रयोगले सरकारी सेवाहरूलाई पारदर्शी र पहुँचयोग्य बनाएको छ। ई-गभर्नेन्स प्रणालीले नागरिकलाई आफ्नो प्रमाणपत्र, कर, र निवेदन प्रक्रिया अनलाइनमार्फत गर्न सक्ने अवसर प्रदान गरेको छ। यसले सरकारी कामकाजमा समय बचत र भ्रष्टाचारको अन्त्यमा योगदान पुर्याएको छ। ४. सांस्कृतिक संरक्षण र प्रचार डिजिटल प्रविधिले नेपाली कला, संस्कृति, र सम्पदालाई विश्वव्यापी रूपमा प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। सामाजिक सञ्जालजस्ता प्लेटफर्महरूमा नेपाली संगीत, चलचित्र, र परम्परागत संस्कृति प्रस्तुत गरेर विश्वभर पहिचान स्थापित भइरहेको छ। अवसरहरू: १. रोजगारी सिर्जना डिजिटल युगले नयाँ रोजगारीका अवसरहरू सिर्जना गरेको छ। सूचना प्रविधिमा दक्ष युवा जनशक्तिको माग बढेको छ। वेब डिजाइन, एप विकास, डिजिटल मार्केटिङ, र साइबर सुरक्षामा नेपाली युवाहरूलाई सीपमूलक तालिम प्रदान गर्न सकिने सम्भावना छ। २. नवप्रवर्तन र उद्यमशीलता डिजिटल प्रविधिले स्टार्टअप कल्चरलाई प्रोत्साहित गरेको छ। नेपाली युवा उद्यमीहरूले नयाँ एप्स र प्लेटफर्महरू विकास गरेर आफ्ना व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने अवसर पाएका छन्। ३. विदेशी लगानी भित्र्याउने सम्भावना डिजिटल युगमा नेपालको प्रविधि क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिने सम्भावना छ। सस्तो श्रम, नवप्रवर्तनशील युवा शक्ति, र डिजिटल पूर्वाधारको विकासले नेपाललाई विदेशी लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाउनेछ। चुनौतीहरू तर, डिजिटल युगमा नेपाललाई पूर्ण रूपमा अघि बढ्न केही चुनौतीहरू पनि छन्। आधारभूत डिजिटल साक्षरता अभाव, ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँचको कमी, साइबर सुरक्षाको जोखिम, र पुरानो कानुनी संरचनाले प्रगतिमा अवरोध पुर्याइरहेका छन्। निष्कर्ष डिजिटल युगले नेपाललाई परिवर्तनको यात्रामा अगाडि बढ्नका लागि अपार सम्भावना प्रदान गरेको छ। प्रविधिको सही प्रयोग र यसका चुनौतीहरूको समाधानले देशलाई आर्थिक विकास, सामाजिक सुधार, र अन्तर्राष्ट्रिय पहिचानमा महत्वपूर्ण स्थान दिलाउन सक्छ। यसका लागि सरकारी नीति, निजी क्षेत्र, र नागरिकहरूको सक्रिय सहभागिता अनिवार्य छ। डिजिटल नेपाल अभियानलाई सुदृढ गर्दै यसलाई दीर्घकालीन विकासको आधार बनाउन सकेमा देशले समृद्धिको नयाँ गन्तव्य भेट्नेछ।

Read More
Back To Top