ज्वाँई सासुको नाजायज प्रेम सम्वन्ध ले निम्त्याएको हत्या

प्युठानको गौमुखी गाउँपालिका – ५ का ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्यामा संलग्न दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौमुखी– ५ खुङ्गका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु न्यौपाने छिन्। पक्राउ परेकाहरू नातामा ज्वाँइ(सासु हुन्। लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन्। चिन्तामणिको शव माघ १८ गते बिहान ९ बजे फुर्सेधारास्थित खुङ्ग(नारिकोट जोड्ने कच्ची सडकमा फेला परेको थियो। प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालका अनुसार चिन्तामणिको टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट थियो। हत्या अघिल्लो दिन ८ बजेतिरै भएको अनुसन्धानपछि पत्ता लागेको थियो। हत्याको कारण त्रिकोणात्मक अवैध प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। बिहीबार बेलुकी जेदुले नै चिन्तामणिलाई फोन गरेर फुर्सेधारा बोलाएकी थिइन्। तर फुर्सेधारामा जेदु एक्लै थिइनन्। साथमा उनकै ज्वाँइ लोकबहादुर थिए। जेदू लोकबहादुरसँग प्रेम सम्बन्धमा थिए, त्यसअघि चिन्तमणिसँग पनि उनको प्रेम थियो। जेदुका श्रीमान रोजगारका सिलसिलामा केही वर्षयता भारतमा छन्। छोराछोरी सबैको विवाह भइसकेको छ भने घरमा जेदु एक्लै बस्दै आइरहेकी थिइन्। त्यस क्रममा चिन्तामणिसँग उनी नजिकिएकी थिइन्। चिन्तामणिसँग प्रेममा हुँदा जेदूको सम्बन्ध आफ्नै ज्वाँइ लोकबहादुरसँग पनि थियो। त्यसबारेमा चिन्तामणि पनि जानकार थिए। एक वर्षअघिदेखि भने चिन्तामणि र जेदूबीच त्यति राम्रो सम्बन्ध थिएन। प्रहरीको अनुसन्धानअनुसार एक वर्षअघि चिन्तामणिले जेदुलाई उनकै घरभित्र लोकबहादुरसँग फेला पारेका थिए। त्यसपछि बाहिरबाट चुकुल लगाइदिएर गाउँलेलाई खबर गरिदिएका थिए। त्यसो हुँदा गाउँभरि उनीहरू दुईबीचको अवैध सम्बन्धको कुरा फैलिएको थियो। त्यतिबेलादेखि जेदु र लोकबहादुर चिन्तामणिका कारण आफूहरुको गाउँभरि बेइज्जत भएको भन्दै बदला लिने योजना बनाइरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यतिबेलादेखि खासै राम्रो सम्बन्ध नभएकी जेदूले ९माघ १७ गते बिहीबार भेट्न बोलाएपछि चिन्तामणि फुर्सेधारा पुगेका थिए। उनलाई फुर्सेधारा बोलाउने योजना लोकबहादुरको थियो। चिन्तामणिलाई फोन गर्दा लोकबहादुर जेदुसँगै थिए। फुर्सेधारा चिन्तामणिको घरबाट करिब डेढ किलोमिटर दक्षिण पर्छ। एक वर्षदेखि बिग्रिएको सम्बन्ध सुधार गर्ने अभिलाषा लिएर उनी जेदूलाई भेट्न गएका थिए। फुर्सेधारा पुगेपछि उनले जेदूसँगै लोकबहादुरलाई पनि देखे। लोकबहादुरले वर्षदिन अगाडिको घटना निकालेर निहुँ खोजे। चिन्तामणिले सुरूवातमा जबाफ दिएनन्, टार्न खोजे। तर लगातार आफूमाथि आरोप लगाउन थालेपछि रिसले चुरिएका चिन्तामणि लोकबहादुरतिर झम्टन्छन्। त्यति नै बेला लोकबहादुरले भरूवा बन्दुकको कुन्दाले चिन्तमणिको मुखमा प्रहार गरे। कुन्दा प्रहारबाट चिन्तमणि ढले। डिएसपी बस्यालका अनुसार कुन्दा प्रहारबाट चिन्तामणिको दाँत गिँजासहित झरेको थियो। ढलेर छटपटाउन थालेपछि लोकबहादुरले ढुंगाले टाउको र अनुहारमा प्रहार गरे। जेदूले पनि चिन्तामणिको टाउको र अनुहारमा ढुंगा प्रहार गरिन्। चिन्तामणि मरेको निश्चित भएपछि उनको गोजीमा रहेको सात हजार रूपैयाँ जेदूले लिइन् । मोबाइल लोकबहादुरले लिए र जंगलतिर भागे। चिन्तामणिको हत्यापछि जेदु केही थाहा नभएजसरी घरमै बसेकी थिइन्। लोकबहादुर दिनभर जंगलमा बस्ने र राति मात्रै घर आउने गर्थे। घटना अनुसन्धानमा डिएसपी बस्याल र प्रहरी निरीक्षक केशव केसी आँफै खटिएका थिए। घटनास्थल धुलाम्मे थियो । त्यहाँ दुई थरी फूटपिन्टहरु भेटिन्छन् । एउटा चप्पलको डोबहरु चिन्तामणिको थियो । जस्ले किचेनमा लगाउने न्यानो खाले चप्पल लगाइ गएका थिए । अर्को चप्पलका डोबहरु अनुसन्धान गर्दै जाँदा जेदुको रहेको खुलेपछि प्रहरीले उनलाई शनिबार नियन्त्रणा लिएको थियो। प्रहरीले सोधपुछ गर्दा उनी ५र६ घन्टासम्म नबोली बसेकी थिइन्। जेदूसँग लोकबहादुरको सम्बन्ध रहेको विषय प्रहरीले गाउँलेबाट थाहा पाएको थियो। त्यसअनुसार जेदुलाई नसोधी प्रहरीले उनको खोजी गरेको थियो। लोकबहादुर दिनभर जंगल बस्ने र राति मात्रै घरमा आउने सूचना पनि प्रहरीले पाएको थियो। यही बीचमा शनिबार राति लोकबहादुरले आफ्नो मोबाइल स्वीच अन गर्छन्। त्यसबाट प्रहरीलाई उनको लोकेसन ट्र्याक गरी शनिबार राति पक्राउ गरेको हो। लोकबहादुरलाई आइतबार बिहान ३ बजे प्रहरीले जिल्ला प्रहरी कार्यालय ल्याएको प्रहरी प्रवक्ता केशव केसीले जानकारी दिए। डिएसपी दिपेश बस्यालका अनुसार लोकबहादुरले चिन्तामणिको हत्यापछि साथमै लागेको उनको मोबाइल जंगलमा फोडेर फालेका थिए। फोडेर ओडारमा लुकाएको अवस्थामा चिन्तामणिको मोबाइल पनि फेला परेको छ । लोकबहादुरले भरुवा बन्दुक कहाँ लुकाएर राखेका छन् भन्नेबारे सोधपुछ भइरहेको पनि डिएसपी बस्यालले बताए।लोकबहादुर र जेदु दुवैले हत्या गरेको स्वीकार गरिसकेका छन्। उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

सरकारमै रहेका सरकार विरोधी दलहरुले मोर्चावन्दी गर्दै

दुई ठूलादल एमाले कांग्रेस लागाएत अन्य साना दलहरु मिलेर बनेको ओली प्रधानमन्त्री नेतृत्वको गठवन्धन सरकार विरुद्ध सत्तामै रहेका मधेश केन्द्रित पाँच दलहरु नै सरकार विरुद्ध मोर्चावन्दीमा लागेका छन् । जसमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, जनता समाज पार्टी, नागरिक उन्मुक्ति पार्टी, सरकारमै सहभागी छन् भने जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन मात्रै गरेको छ । मधेश केन्द्रित आठ दलहरु मध्ये तीन दल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी र तमलोपा सरकार बाहिर छन् । साना दलका कारण राजनीतिक अस्थिरता बढेको र राज्य व्यवस्था प्रणाली नै खलबलिएको भन्दै दुई दलीय व्यवस्थाका लागि थ्रेस होल्ड बढाउने र निर्वाचन प्रणाली नै पुनरावलोकन गर्ने नेताहरूले बताएका छन् त्यसका लागि ओली सरकारले संविधान संसोधनका लागि कार्यदल गठन गरेपछि आफुहरुले पनि कार्यदल बनाएको भनाई उनिहरुको रहेको छ । यदि संविधान संसोधन मधेशी, आदिवासी, जनजाति तथा पहिचानवादी विरुद्धमा आयो भने त्यसका लागि संघर्ष गर्ने तयारीका लागि मोर्चा बनेको मधेशी दलहरुको भनाई रहेको छ ।

Read More

समुन्नत प्रदेश निर्माणका लागि दुई ठुला दल मिलेर सरकार गठन गरेको हो –मुख्यमन्त्री लामा

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माणका लागि दुई ठुला दल मिलेर सरकार गठन गरेको बताएका छन् । उनले नागरिकको आवश्यकता र माग पुरा गर्न सरकारले काम गरिरहेको बताए ।शुक्रबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताको आधारमा काम गरिरहेको बताए । प्रदेश सरकारको काम सरल र सहज बनाउन जिआइ ओएमएस सिस्टम जडान भएको उनले बताए । प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयनको लागि अघि बढाइएको उनको भनाई छ । विपद्बाट प्रभावित नागरिकको लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको काम तीव्रता दिइएको छ ।’ उनले भने, ‘प्रदेश राजधानी र सङ्घीय राजधानी सहित प्रदेश अन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणमा काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैंक निर्माण गरी आगामी आर्थिक वर्षबाट कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।’ प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको उनले बताए । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश कितावखानालाई सक्रियतापूर्वक कर्मचारीहरूको तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाको भनाई छ ।

Read More

रास्वपाका सभापति रवि लामिछानेले दिए सभामुखलाई निवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख गरेका छन । रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको छ ।केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए । लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो ।

Read More

मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज सिंहदरबारमा बस्दै

मधेशकेन्द्रित आठ दलको कार्यदलको पहिलो बैठक आज बस्दैछ । हिजो बिहीबार सिंहदरबारमा बसेको मधेशकेन्द्रित दलको बैठकले कार्यदल बनाएको थियो । शुक्रबार दिउँसो ३ बजे सिंहदरबारस्थित लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्ने कार्यक्रम तय भएको छ । कार्यदलमा जसपाबाट इस्तियाक राई, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट मनिष सुमन, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी केशव झा मेहता, जनता प्रगतिशीलबाट शिवजि यादव र लोसपाबाट ब्रजेश सिंह छन् । कार्यदलले साझा एजेण्डा तय गर्न मस्यौदा बनाउने, कार्यदलमा भएका विषय दलमा राख्ने, विधेयकमा समान धारणा लगातयका कार्य गर्ने निर्णय भएको थियो । कार्यदलले गरेका निर्णयमाथि सबै दलका अध्यक्षहरू बसेर थप निर्णय लिने बताइएको छ ।

Read More

आशिका तामाङलाई बयानका लागि अदालत लगियो

अभियन्ता आशिका तामाङलाई बयानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्योपानेले तामाङ्लाई बयानका लागि अदालत पेश गरिएको बताए । ‘बयानका लागि अदालत पेश गरेका छौं । बाँकी काम अब अदालतबाट हुनेछ’, न्यौपानेले बताए । उनीविरुद्ध प्रहरी वृत्त जगातीले अपराधिक उपद्रवको कसुरमा अनुसन्धान गरेको थियो । मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ । तामाङले ४ असोज २०८१ मा सूर्यविनायक नगरपालिका–९ बाट वडा नं १० मा जाने क्षेत्रमा रहेको झोलुङ्गे पुल चढ्दा लाग्ने शुल्कबारे विरोध गर्दै सामाजिक सञ्जालमा भिडियो हालेकी थिइन् । त्यसको तीन दिनपछि उनले साँगाको झोलुङ्गे पुल तरेवापत लिइने शूल्कको रसिदसमेत जलाइदिएकी थिइन । सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातीमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई लगत्तै भक्तपुर प्रहरीले पक्राउ गरेको थियो ।

Read More

रास्वपाका सभापति रवि लामिछाने सभामुख भेट्दै ?

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गर्न लागेका हुन् । ‘अहिले केही बेरमा सभापतिज्यूले सभामुखसँग भेटवार्ता गर्दै हुनुहुन्छ’, रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘भेटमा समसामयिक विषयमा कुराकानी हुनेछ ।’ त्यस्तै लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ ।

Read More

सुर्खेतमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

वीरेन्द्रनगर — सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।  ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । बिहीबार रत्नराजमार्ग स्थित भेरीगंगा नपालिकाको सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बस र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन् ।मृत्यु हुनेमा ट्रक चालक दैलेखको गुरास गाउँपालिका- १ का ३१ वर्षीय हिरा पुन रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकील सुनारले जानकारी दिए । उनका अनुसार ट्रक चालकको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । घाइतेहरूको प्रदेश अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अमेरिका विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ सैनिक बोकेको हेलिकप्टरसँग ठोकिएको हो ।दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको वासिङटन डिसीका आगलागी तथा आपत्‌कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । उनका अनुसार घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएको बताएका छन् ।डोनेलीले उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने बताएको सीबीएस न्यूजले जनाएको छ । उद्धार कार्यमा करिब ३ सय आपत्‌कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ । अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)का अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो ।विमान दुर्घटनामा दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ । बीबीसीका अनुसा उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानमा संघीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाइएको छ । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।

Read More

‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति नेपाल पत्रकार मञ्चले कडा आपत्ति

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति नेपाल पत्रकार मञ्चले कडा असन्तुष्टि जनाएको हो । पत्रकार महासंघका निर्वाचित परिषद् सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा वक्ताहरूले उक्त विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको बताउँदै, यसलाई फिर्ता लिन सरकारलाई आग्रह गरे। साथै, पत्रकार महासंघ नागरिक समाज, मानव अधिकारकर्मी र सरोकारवालासँग छलफल नगरी विधेयक पारित भए त्यसविरुद्ध चुप नबस्ने चेतावनी दिए । कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सरकारको नियमन आवश्यक भए पनि नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानुन स्वीकार्य नहुने बताए । अन्य वक्ताहरूले पनि विधेयक तत्काल परिमार्जन गर्न जोड दिए । समारोहमा महासंघको राष्ट्रिय र प्रदेश परिषदमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Read More
Back To Top