जोर्डनले आफ्नो वायुसीमामा प्रवेश गरेका मिसाइल र ड्रोन खसाल्यो

काठमाडौं । जोर्डनले आफ्नो वायुसीमामा प्रवेश गरेका धेरै मिसाइल र ड्रोनहरू शुक्रबार बिहान उसको वायुसेनाका जेट र वायु रक्षा प्रणालीले नष्ट गरेको छ ।  जोर्डनको छिमेकी देश इजरायलले शुक्रबार इरानविरुद्ध हमला गरेको थियो । जोर्डनको सशस्त्र सैन्य बलको जनरल कमान्डले समाचार संस्था पेट्रालाई बताएअनुसार, रोयल जोर्डन वायुसेनाका विमानहरू देशको वायुसीमा र नागरिकहरूको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको बताइएको छ । समाचार संस्था पेट्रोले मिसाइल र ड्रोनहरू जोर्डनको बस्ती भएका क्षेत्रहरूमा खस्नसक्ने सम्भावना रहेको सैनिक मूल्यांकनको आधारमा जनधनको क्षति हुनसक्ने भन्दै सतर्कता अपनाइएको सीएनएनले जनाएको छ ।  पेट्राका अनुसार जोर्डन सशस्त्र सैन्य बलले कुनै पनि परिस्थितिमा देशको वायुसीमा उल्लंघन गर्न अनुमति नदिने बताएको छ । यसैबीच, इरानविरुद्ध इजरायलको आक्रमणपछि जोर्डन र इराकले आफ्नो हवाइ क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सको प्रमुख एयरलाइनहरूमध्ये एक इमिरेट्सले इजरायलले बिहानै गरेको हमलाको प्रतिक्रियामा इरानले ड्रोन हमला गरेपछि धेरै मध्यपूर्वी देशहरूका उडान रद्द गरेको छ ।  इमिरेट्सले शुक्रबार र शनिबार दुवै दिन इराक, जोर्डन, लेबनान र इरानका उडानहरू रद्द गरेको छ । एयरलाइनले प्रभावित यात्रुलाई आफ्नो यात्रा एजेन्ट वा स्थानीय इमिरेट्स कार्यालयमा सम्पर्क गरी उडान पुनः बुक गर्न आग्रह गरेको छ । सीएनएन

Read More

साउदी अरबद्वारा इरानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं- सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको रियादले शुक्रबार इरानमा सैन्य र आणविक स्थलहरू विरुद्ध इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको छ । प्रमुख सैन्य कमान्डरहरू र आणविक वैज्ञानिकहरूको मृत्यु भएको आक्रमणले यस क्षेत्रमा पूर्ण युद्धको डर उत्पन्न गरेको छ र ओमानमा आइतबारका लागि तय गरिएको अमेरिका–इरान आणविक वार्तालाई जोखिममा पारेको छ । “साउदी अरब अधिराज्यले भ्रातृपूर्ण इस्लामिक गणतन्त्र इरानविरुद्ध इजरायली आक्रमणको कडा निन्दा र भर्त्सना व्यक्त गर्दछ, यो आक्रमणले यसको सार्वभौमिकता र सुरक्षालाई कमजोर पार्छ र अन्तर्राष्ट्रिय कानून र नियमहरूको स्पष्ट उल्लङ्घन गर्दछ”, विदेश मन्त्रालयले एक विज्ञप्तिमा भन्यो । यी आक्रमणहरूलाई ‘जघन्य आक्रमणहरू’ का रूपमा वर्णन गर्दै मन्त्रालले भन्यो, “अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यस आक्रामकतालाई तुरुन्त रोक्ने ठूलो जिम्मेवारी बोकेको छ ।” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विरुद्धको अपरेसन ‘जति दिन लाग्छ त्यति दिन जारी रहने’ बताएका छन् । तेलको मूल्य १२ प्रतिशतभन्दा बढी बढेका कारण व्यापक द्वन्द्वको डरका साथ तेल समृद्ध यस खाडी मुलुकमा आक्रमणले स्तब्ध बनाएको छ । सन् २०२३ मा चीनले साउदी अरेबिया र इरानबीच ऐतिहासिक मेलमिलाप सम्झौताको मध्यस्थता गरेको थियो । साउदी अरब र इरानले लामो समयदेखि मध्यपूर्वका द्वन्द्वहरूमा विपरीत पक्षहरूलाई समर्थन गरेका थिए । प्रमुख शिया धर्मगुरु निम्र अल–निम्रलाई मृत्युदण्ड दिएपछि इरानी प्रदर्शनकारीहरूले साउदी कूटनीतिक मिसनहरूमा आक्रमण गरेपछि रियादले सन् २०१६ मा सम्बन्ध तोडेको थियो ।

Read More

एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण

३० जेठ, काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे (स्थानीय समय अनुसार दिउँसो साढे २ बजे) सो विमान उडेको थियो । तर अण्डमान सागर माथि आइपुगेका बेला सो विमान फर्किएर फुकेट विमानस्थलमै अवतरण गरेको थियो । विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको रोयटर्सले जनाएको छ ।

Read More

भारतको अहमदाबादमा विमान दुर्घटना

काठमाडौँ — भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडेको २ मिनेटमै दुर्घटनामा परेको छ । भारतिय समय अनुसार १ बजेर ४० मिनेटमा उक्त  विमान दुर्घटनामा परेको हो। प्रारम्भिक सूचना अनुसार टेक अफ गरेपछि विमान दुर्घटनामा परेको हो । सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो । सूचना अनुसार विमानमा  १६९ भारतिय, ५३ ब्रिटेन, ७ पोर्चुगल र १ क्यानडाका नागरिक गरि जम्मा  २३० यात्रु का साथै दुई पाईलट सहित १२ क्रु मेम्बर लगाएत २४२ जना सवार थिए  । अहिले उद्दार कार्य जारि रहेको र उक़्त घटना बारे आधिकारिक विवरण आइसकेको छैन ।

Read More

मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागे माफी

वासिङ्टन । टेस्लाका प्रमुख एलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै आफ्नो गल्ती स्वीकार गरेका हुन्। ‘गत हप्ता राष्ट्रपति ट्रम्पबारे मैले गरेका केही पोस्टहरूका लागि मलाई पछुतो । केहीले हद पार गरेको थियो,’ मस्कले लेखेका छन् । मस्कले आफ्ना पछिल्ला केही पोस्टहरूमा ट्रम्पको भनाइ र नीतिहरूको समर्थन पनि गरेका छन्। उनले लस एन्जलसमा अवैध आप्रवासीहरूमाथि छापा मारेकोमा पनि खुसी व्यक्त गरेका छन्। यसअघि एक अन्तर्वार्तामा, जब अमेरिकी राष्ट्रपति ट्रम्पलाई मस्कको बारेमा प्रश्न सोधिएको थियो, उनले धेरै शान्त स्वरमा जवाफ दिए। ट्रम्पले भने, ‘हाम्रो सम्बन्ध राम्रो थियो । म उनलाई शुभकामना दिन्छु।’ ट्रम्पको यो भनाइ सामाजिक सञ्जालमा भाइरल भयो। एलन मस्कले यससँग सम्बन्धित भिडियोमा ‘मुटु’ को इमोजी टिप्पणी गरेका थिए। मस्कले ट्रम्पविरुद्धका आफ्ना केही पुराना पोस्टहरू पहिले नै मेटाइसकेका छन्। ती पोस्टहरूमा ट्रम्पको यौन अपराधी एपस्टाइनसँगको सम्बन्धलाई जोडिएको थियो। यसबाहेक, उनले ट्रम्पमाथि महाभियोग लगाउन माग पनि गरेका थिए। यसअघि ट्रम्पले जुन ७ मा एलन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका थिए। एनबीसी न्युजसँग कुरा गर्दै ट्रम्पले यदि विपक्षी डेमोक्र्याटहरूलाई समर्थन गरे भने गम्भीर परिणाम भोग्नुपर्ने मस्कलाई चेतावनी दिएका थिए। बिग ब्युटिफुल बिल’ लाई लिएर ट्रम्प र मस्क आमनेसामने भएका हुन्। ट्रम्प यस अध्यादेशको समर्थनमा छन् भने मस्क यसको विपक्षमा छन्। यो अध्यादेश मे २२ मा संसद्बाट केवल १ मतको अन्तरले पारित भएको थियो। यसको पक्षमा २१५ र विपक्षमा २१४ मत पर्यो। अब यो सिनेटमा विचाराधीन छ, जहाँ यसलाई जुलाई ४, २०२५ सम्ममा पारित गरिसक्नुपर्छ।

Read More

लस एन्जलसमा कर्फ्यू उल्लङ्घन गर्नेलाई पक्राउ गर्न थालियो

वासिङटन डीसी । अमेरिकाको लस एन्जलसमा अवैध आप्रवासन नियन्त्रण गर्न भइरहेको छापाको विषयमा विरोध प्रदर्शन र हिंसापछि पक्राउ सुरु भएको छ । लस एन्जलसमा ठूलो संख्यामा सुरक्षा बल तैनाथ गरिएको छ र कर्फ्यू उल्लङ्घन गर्ने दर्जनौं मानिसहरूलाई पक्राउ गरिएको छ । यद्यपि, सडकमा अमेरिकी मरिन वा राष्ट्रिय गार्ड सिपाहीहरूको उपस्थिति देखिँदैन । संघीय सेनाको तैनाथी विवादास्पद छ । विरोध प्रदर्शनको क्रममा उनीहरूलाई पक्राउ गरेको देखिँदैन । लस एन्जलस प्रहरी विभागले लस एन्जलसका केही भागहरूमा कर्फ्यू लगाइएको बताएको छ । ‘सामूहिक गिरफ्तारी सुरु भइरहेको छ’ लस एन्जलस प्रहरी विभागले भनेको छ । ‘स्प्रिङ र अलामेडा बिचको सडकमा धेरै समूहहरू भेला हुन जारी छन्,’ लस एन्जलस प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भनेको छ । ‘ती समूहहरूलाई सम्बोधन गरिँदै छ र सामूहिक गिरफ्तारी सुरु भइरहेको छ । कर्फ्यू लागू भएको छ’ पोष्टमा भनिएको छ । लस एन्जलसका मेयर करेन बासले आप्रवासन छापा विरुद्धको विरोध प्रदर्शनको क्रममा लुटपाट र हिंसासँग जुध्न आंशिक कर्फ्यू लगाएकी छिन् । आप्रवासन छापा मार्नेविरुद्ध सुरु भएको विरोध प्रदर्शन अमेरिकाका कम्तिमा नौ अन्य शहरहरूमा फैलिएको छ ।

Read More

ट्रम्प र मस्कबिचको तनाव घट्दै, सम्बन्ध सुधारको संकेत

टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ता सार्वजनिक रूपमा विवाद भएको थियो। तर मस्कले सोमबार सामाजिक सञ्जालमा ट्रम्पको भिडियोमा प्रतिक्रिया जनाएपछि उनीहरूको सम्बन्धमा सुधार भएको संकेत देखिएको छ। ट्रम्पले सोमबार मस्कबारे बोल्दै भनेका थिए, ‘हाम्रो सम्बन्ध राम्रो छ, म उनलाई शुभकामना दिन्छु।’ मस्कले यसको जवाफमा मुटुको इमोजीसहित पोस्ट गरेका छन्। आइतबार लस एन्जलसको आप्रवासनविरोधी दंगामा ट्रम्पको कदमलाई मस्कले समर्थन गरेपछि विवाद कम भएको स्पष्ट संकेत प्राप्त भएको थियो। ‘गभर्नर ग्याभिन न्यूसोम र मेयर बासले लस एन्जलसका जनतासँग गरेको खराब व्यवहार र दंगाको लागि माफी माग्नुपर्छ,’ मस्कले साझा गरेको पोस्टमा ट्रम्पले लेखेका छन्। उनले थपे, ‘यी प्रदर्शनकारी होइनन्, तिनीहरू समस्या निम्त्याउने र विद्रोह गर्नेहरू हुन्।’ मस्कले दंगाबारे उपराष्ट्रपति जेडी भान्सको पोस्ट पनि साझा गरेका थिए। भान्सले लेखेका छन्, ‘यस्तो बेला निर्णायक नेतृत्व चाहिन्छ। राष्ट्रपतिले दंगा र हिंसा सहने छैनन्।’ आइतबार मस्कले सामाजिक सञ्जालमा ट्रम्पसँगको मतभेदको सन्दर्भमा ठट्टा गर्दै लेखेका थिए, ‘ममाथि कति चरित्र हत्या भएको छ, यो निकै अपमानजनक छ, खासगरी मबाट।’ केही दिनअघि ट्रम्प र मस्कबिच एक विधेयक जसलाई ‘बिग एण्ड ब्युटिफुल बिल’ नाम दिइएको छ। बिललाई लिएर विवाद भएको थियो। मस्कको आलोचनाबाट रुष्ट ट्रम्पले मस्कलाई विधेयकबारे जानकारी भएको र विद्युतीय सवारी प्रोत्साहन हटाउँदा कुनै आपत्ति नभएको दाबी गरेका थिए। मस्कले त्यसलाई ‘झूट’ भनेका थिए। त्यसपछि दुवैबिच सामाजिक सञ्जालमा सवाल-जवाफ भएको थियो। ट्रम्पले सरकारी दक्षता विभाग गठन गरी २ खर्ब डलर कटौती गर्न मस्कलाई जिम्मेवारी दिएका थिए। ‘एलन कमजोर थिए, मैले उनको विद्युतीय सवारी नीति हटाएँ, जसले सबैलाई त्यस्ता सवारी किन्न बाध्य बनाउँथ्यो, र उनी रिसाए,’ ट्रम्पले भने। अर्को बयानमा उनले थपे, ‘एलनले मेरो विरुद्ध गएकोमा मलाई आपत्ति छैन। तर उनले पहिल्यै त्यसो गर्नुपर्थ्यो। यो विधेयकले १.६ खर्ब डलर खर्च कटौती गर्छ र ठूलो कर छुट दिन्छ।’ उनले अगाडि भने, ‘यदि यो पारित भएन भने ६८ प्रतिशत कर वृद्धि हुनेछ। मैले यो अव्यवस्था बनाएको होइन, म समाधान गर्न आएको हुँ।’ मस्कले ट्रम्पलाई विवादास्पद व्यक्तिसँग जोडेर आलोचना गरेका थिए। तर पछि उनले त्यो पोस्ट हटाए। मस्कले ट्रम्पलाई ‘कृतघ्न’ भन्दै आफ्नो सहयोगबिना चुनाव नजित्ने दाबी पनि गरेका थिए। उनले ट्रम्पलाई महाअभियोगमार्फत हटाएर भान्सलाई राष्ट्रपति बनाउन सुझावसमेत दिएका थिए। ट्रम्पले शुक्रबार समाचारमा मस्कसँग कुरा गर्न इच्छुक नभएको र ‘एलनले कुरा बिगारेको’ बताए। उनले मस्कको नयाँ राजनीतिक दल बनाउने सुझावलाई पनि बेवास्ता गर्ने जनाए। एजेन्सी

Read More

जेलेन्स्की भन्छन्– अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठायो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाले युक्रेनलाई दिने भनेको २० हजार मिसाइल मध्यपूर्व पठाएको आरोप लगाएका छन् । उनले मिसाइल युक्रेन पठाउने सम्बन्धमा तत्कालीन जो बाइडेन प्रशासनसँग सम्झौता भएको तर डोनाल्ड ट्रम्प प्रशासनले मध्यपूर्वतर्फ डाइभर्ट गरेको बताएका छन् । यसअघि, युक्रेनको राजधानी किभमा एबीसी न्युजका संवाददातासँग कुरा गर्दै उनले भनेका थिए, “अमेरिकाको सहयोगबिना हामीले धेरै हार्नेमात्र हो ।” रुसले युक्रेनविरुद्ध ड्रोन आक्रमण थालेका बेला अमेरिका ठूलो संख्याका मिसाइल डाइभर्ट गरिदिएको हो । रुसले आइतबार रातिमात्र युक्रेनमा ४७९ ड्रोन र २० वटा मिसाइलले आक्रमण गरेको थियो । गत हप्तामात्र युक्रेन आक्रमण गरेपछि रुसले आक्रमणलाई तीव्र पारेको छ ।

Read More

क्यालिफोर्नियाका गभर्नरलाई पक्राउ गर्नुपर्ने मागमा ट्रम्पको समर्थन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमलाई पक्राउ गर्नुपर्ने भनाइमा समर्थन जनाएका छन् । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारसँग सोमबार कुरा गर्दै राष्ट्रपति ट्रम्पले गभर्नर न्युसमलाई पक्राउ गर्नुपर्ने बताएका हुन् । गभर्नर न्युसम र ट्रम्पका सीमा प्रमुख टोम होमनबीच चलेको विवादबारे फक्स न्युजका संवाददाता पिटर डुसीले सोधेको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पको भनाइ आएको हो । सीएनएनले रेकर्ड गरेको भिडियोमा पत्रकार डुसीले ट्रम्पलाई सोधेका छन्, “गाभिन न्युसमले टोम होमनलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका छन् । के उनले यो गर्नुपर्छ ?” जवाफमा ट्रम्पले भनेका छन्, “म टोम भए, यो काम गर्थें ।” उनले अगाडि भनेका छन्, “गाभिनले प्रचार मन पराउँछन् । तर मलाई लाग्छ, पक्राउ गर्दा राम्रो हुनेछ ।” उनले न्युसमलाई राम्रो तर अत्यन्तै अक्षम व्यक्ति भनेका छन् । उता गभर्नर न्युसमले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको कदमलाई अधिनायकवादतर्फ उन्मुख भनेका छन् । राष्ट्रपति ट्रम्पको टिप्पणी ट्रम्पका सीमा प्रमुख टोम होमनले लस एन्जलसमा चलिरहेको अध्यागमन कारबाहीमा गभर्नर न्युसम र लस एन्जलसका मेयर करेन बासले हस्तक्षेप गरे उनीहरूलाई पक्राउ गर्ने धम्की दिएपछि आएको हो । होमनको धम्कीको प्रतिक्रियामा गभर्नर न्युसमले एमएसएनबीसीलाई भनेका छन्, “उनी कडा मानिस हुन्, तर उनी मलाई किन पक्राउ नगरेको हो बुझ्न सकेको छैन ? म कहाँ छु भन्ने उनलाई थाहा छ ।” न्युसम र अन्य डेमोक्रेटिक नेताले लस एन्जलसको हिंसात्मक प्रदर्शनमाथि दमन गर्न ट्रम्पले राष्ट्रिय गार्ड प्रयोग गरेपछि आलोचना गरेका छन् । उनीहरूले बल प्रयोग गरिए अरू समस्या ल्याउने बताएका छन् । न्युसमले ट्रम्प प्रशासनविरुद्ध मुद्दा चलाउने योजना पनि घोषणा गरेका छन् । अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको प्रदर्शन नियन्त्रण गर्न संघ सरकारले ७०० भन्दा बढी स्थल र जल सैनिक लस एन्जलसमा परिचालन गरेको छ । अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध आप्रवासीको खानतलासी र पक्राउ गर्दा हिंसा भड्किएको थियो ।

Read More

भारतमा नक्सलवादी विद्रोहीको आक्रमणमा वरिष्ठ प्रहरी अधिकारीको मृत्यु

भारतको छत्तीसगढ राज्यमा सोमबार शक्तिशाली सुधारिएको विस्फोटक उपकरण (आइइडी) विष्फोट हुँदा एक वरिष्ठ प्रहरी अधिकारीको मृत्यु भएको छ । आक्रमणमा उनीसँगै रहेका अन्य केही सुरक्षाकर्मी पनि घाइते भएका छन् । छत्तीसगढको राजधानी रायपुरबाट करिब ४११ किलोमिटर दक्षिणमा पर्ने सुकमा जिल्लाको डोन्द्रा गाउँको कोन्टा–एराबोर सडकमा विस्फोट भएको हो । घाइतेहरूलाई तुरुन्तै कोन्टाको सबैभन्दा नजिकको स्वास्थ्य केन्द्रमा लगिएको थियो। अधिकारीहरूले उक्त क्षेत्रमा थप फौज तैनाथ गरेका छन् र आक्रमणमा संलग्न रहेको आशंका गरिएका नक्सलवादीहरूको खोजी कार्य सुरु गरेका छन्। भारतको सङ्घीय सरकारले सन्  २०२६ मार्च ३१ अगावै नक्सलवादीहरूको उन्मूलन गर्ने संकल्पसहित विद्रोहीविरूद्धको आक्रमणलाई सशक्त पारेको छ । हाल भारतको मध्य र पूर्वी क्षेत्रमा नक्सलवादीहरू सक्रिय छन् ।

Read More
Back To Top