
आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्ने माथी प्रहरीको निगरानी
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्युरो ले प्रेश विज्ञप्ती जारी गर्दै भनेको छ – यहि मिति २०८२–०५–२३ र २४ गते भएको प्रर्दशनको क्रममा सरकारी तथा निजि भवन, बैँक वित्तिय संस्था लगाएतका संरचनाहरुमा आगजनी र तोडफोड गर्नु पूर्व त्यस्ता भवनहरुमा रहेका ऐतिहासिक दस्तावेज, कागजपत्र, बहुमूल्य बस्तु, हातहतियार र अन्य महत्वपूर्ण जिन्सी तथा नगद सामानहरु लुटपाट गरि लगि बजारमा विक्री वितरण गरिरहेको सूचना प्राप्त भएको हुँदा सो सम्वन्धमा यस व्यूरो एवम् अन्य प्रहरी कार्यालयहरुबाट अनुसन्धान भइरहेको हुँदा त्यस्ता सरसमानहरुको खरिद तथा विक्रीवितरण नगर्न नगराउन हुन अनुरोध गरिएको छ । साथै सो सम्बन्धमा कुनै जानकारी भएमा नजिकको सुरक्षा निकायमा सूचना दिनहुन र त्यस्ता सामानहरु प्राप्त भएमा नजिकको सुरक्षा निकायमा बुझाउन हुन समेत अनुरोध गरिएको छ, अन्यथा यस्ता चारी तथा लुटपाट भएका सामानहरुको खरिद बिक्री तथा संचय गरेको पाइएमा प्रचलित कानुन बमोजिम अनुसन्धान गरी कारवाही हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिएको छ ।