Headlines

कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित, विद्यालयमा तालाबन्दी

धनगढीः कैलालीको एक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका छन्। जिल्लाको कैलारी गाउँपालिका–६ खरुवाखेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी र अभिभावक आन्दोलित भएका हुन्। आफू खुशी शिक्षक सरुवा गरेर विद्यालय प्रशासनले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्। आन्दोलित विद्यार्थी र अभिभावकले विद्यालयमा तालाबन्दी गरेका छन्। धेरै समयदेखि कार्यरत शिक्षकको बिना जानकारी सरुवा हुँदा विद्यालयमा महिना दिनसम्म पढाइ ठप्प हुने गरेको विद्यार्थीको गुनासो छ। उनीहरुले विद्यालयमा कार्यरत शिक्षकहरुको सरुवा नगर्न माग गर्दै आफू अध्ययनरत विद्यालयमा ताला लगाएका छन्। विद्यालयमा विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेकाले उनीहरुसहित अभिभावक पनि आन्दोलित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष मुनराम चौधरीले बताए। उनले दुई शिक्षक सरुवा भइसकेको र फेरि तीन जनासम्म शिक्षक सरुवा हुने कुरा सुनिएको उल्लेख गरे। विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीति गरिरहेको भन्दै दुवै जनाले राजीनामा दिनु पर्ने अभिभावकको माग छ। विद्यालयका प्राध्यानाध्यापक खडक नायकले विद्यालयमा कुनै पनि राजनीति नभएको जिकिर गर्दै ताला लगाएर विद्यार्थीले आफ्नो भविष्यमाथि आफै खेलवाड गरिरहेको बताए। “शिक्षक सरुवा गर्ने अधिकार हामीलाई छैन। गाउँपालिकाको शिक्षा समितिले सरुवा गर्ने हो”, उनले भन्ने, “मैले न सरुवा गर्न सक्छु न त सरुवा रोक्न सक्छ।” कैलारी गाउँपालिका–६ का वडा अध्यक्ष प्रेम चौधरीले विद्यालयमा उत्पन्न समस्या समाधानको प्रयास भइरहेको बताए।

Read More

जाजरकोटमा युवकलाई बाँधेर चक्कु प्रहार गरेको आरोपमा काठमाडौंबाट दुई जना पक्राउ

जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने दुई जना काठमाडौंमा पक्राउपछि जाजरकोट ल्याइएका छन् । जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं. ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे –८ का  २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार भएको थियो। गाडी समितिको विषयलाई लिएर सिंहमाथि चक्कु प्रहार गरी तीन जना फरार भएका थिए। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार सिंहमाथि कुशे–७ समकोटका २७ वर्षीय दिपेन्द्र सिंह, सोही ठाउँकै २७ वर्षकै तप्त सिंह भनिने तप्तबहादुर शाही र सोही ठाउँकै २३ वर्षीय भिम सिंहले मिलेर हात खुट्टा बाँधी चक्कुले पालैपालो टाउको, निधार, हात, खुट्टा तथा शरीरका विभिन्न भागमा प्रहार गरी सख्त घाइते बनाएका थिए। चक्कु प्रहारको घटनापछि उनीहरू फरार भएका थिए।  प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आनन्द सिंहको हात खुट्टा बाँधेर चक्कु प्रहार गर्नेहरूमध्ये दिपेन्द्र सिंह र तप्त सिंह भनिने तप्तबहादुर शाही काठमाडौंबाट पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुसँग समन्वय गरी उनीहरूलाई पक्राउ गरिएको हो।आइतबार राति ९ बजेतिर काठमाडौं कीर्तिपुर नगरपालिका–१ ट्यांलाफाटबाट उनीहरू पक्राउ परेका हुन्। सोमबार जिल्ला अदालत जाजरकोटबाट ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) मुद्दामा थप अनुसन्धान गर्न सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए। घटनामा संलग्नमध्ये एक जना भने फरार छन्। चक्कु प्रहारबाट घाइते आनन्दको बाँकेको नेपालगन्जमा उपचार जारी छ।

Read More

पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइयो – अध्यक्ष प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक समृद्धिका लागि अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटाएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका हुन् । समग्र आर्थिक विकास र समृद्धिका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए । प्रचण्डले अहिले देशको राजनीतिमा उतारचढाव देखिएको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, समानुपातिकता र समावेशिताको संविधानमार्फत समाजवाद उन्मुख हुने परिकल्पना गरिएकाले समाजवादको आधार निर्माण गर्ने कुरामा लागिरहेको उनले बताए  । अध्यक्ष प्रचण्डले रिटर्नीहरुको तर्फबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा समावेश गरिने प्रतिबद्धता जनाए ।

Read More

३० मिनेटलाई स्थगित भयो संसद् बैठक

प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै ३० मिनेटलाई स्थगित भएको छ।  भिजिट भिसा प्रकरणलाई लिएर विपक्षीले गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध पारेका हुन्। विपक्षीले उठेर टेबुल ठोक्दै विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए। आज दिउँसो २ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिला गरी सुरु भएको थियो। ढिला सुरु भएको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। बैठकमा सभामुख घिमिरेले सदन सञ्चालनको वातावरण बनाउन अनुरोध गर्दै दलीय आधारमा बोल्न दिने बताएपछि विपक्षीले टेबुल ठोक्दै होहल्ला गरेका थिए। विपक्षीहरूले उच्चस्तरीय छानबिन समिति गठनको माग गरे पनि सत्तापक्ष भने यसमा तयार भएको छैन।

Read More

स्थानीय तहको सङ्ख्या ५ सय बनाउन छलफल सुरू भएको छ : याेगेश भट्टराई

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तह, प्रदेशलाई बढी भन्दा बढी साधन स्रोत दिएर सङ्घीयतालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित सङ्घीयतामा बजेट सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले पनि केन्द्रीकृत मानसिकता हाबी भइरहेको र त्यसलाई सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन गरेर हटाउँदै जानुपर्ने बताएका हुन् । स्थानीय तह, प्रदेशलाई साधन स्रोत सम्पन्न गरेर बजेट कार्यान्वयन गर्ने क्षमता बलियो बनाउनुपर्नेमा उनले जोड दिए । स्थानीय तह घटाएर वडा बढाउने विषयमा छलफल भइरहेको बताउँदै सङ्घीयतालाई प्रभावकारी बनाइँदै लगिने उनको भनाइ छ । उनले अनौपचारिक हिसाबले ५ सय स्थानीय तहको सङ्ख्या बनाउनेबारे छलफल चलिरहेको उल्लेख गर्दै यसबारे पार्टी भित्र छलफल गरेर निष्कर्षमा पुगिने बताए । उनले मुलुकमा विकासको विस्तार भएको बताउँदै गुणस्तर र प्रतिफलमुखी बनाउनसके मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गरे । आर्थिक, प्रशासनिक, राजनीति रूपमा सङ्घीयता जोडिएको बताउँदै एमाले सचिव भट्टराईले आर्थिक, राजनीति रूपमा सङ्घीयता कार्यान्वयनमा गएको भएपनि प्रशासनिक हस्तान्तरणमा अझै पुग्न नसकिएको उनको भनाई छ ।

Read More

सिसिक्यामेरा बन्द गरी डिजेल चोरी, डिपो प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

बिलमा उल्लेख भएकोभन्दा बढी डिजेल सप्लाई गरेको आरोपमा नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चितरन्जन दाससहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। १२ हजार लिटर डिजेलको अर्डर स्वीकृत गरी १५ हजार ३८ लिटर लोड गरी नेपाल आयल निगमलाई चार लाख ४८ हजार रुपैयाँ हानि-नोक्सानी गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। निगमको गगनगौँडास्थित प्रादेशिक कार्यालयका प्रमुख दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्स र उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट तथा ट्यांकरचालक निर्मल थापाविरुद्ध मुद्दा दायर गरेको हो। उनीहरूले डिलर्स एसोसिएनका प्रतिनिधि ढुंगाना र रानाभाटसँगको मिलेमतोमा सिसिक्यामेरा बन्द गरी बिलमा उल्लेख भएभन्दा तीन हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारले जनाएको छ। यस्ताे छ आराेपपत्र : patra

Read More

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरू बोरा र प्लास्टिकका झोला लिएर विमानस्थलबाट बाहिरिए

अमेरिकाले डिपोर्ट गरेका ३७ नेपालीहरू आइतबार राति काठमाडौं आइपुगेका छन्। अमेरिकाले चार्टर्ड विमानमार्फत गएराति ९ बजेतिर नेपालीहरूलाई त्रिभुवन विमानस्थलमा ल्याएर छाडिदिएको हो। त्यसरी डिपोर्ट हुनेहरुमा ३२ जना पुरूष र पाँच जना महिला छन्। डिपोर्ट भएकाहरूमध्ये केहीले आफ्नो सामान बोरामा हालेर ल्याएका थिए।  केही प्लास्टिकका झोलामा आफ्नो सामान लिएर विमानस्थलबाट बाहिरिएका थिए। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली आइतबार नै त्रिभुवन विमानस्थल पुगेको थियो। विमानस्थलमै उनीहरूलाई सोधपुछ गरी सम्पर्कमा रहने गरी छाडिएको ब्युरोका प्रवक्ता एसपी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए। डिपोर्ट भएकाहरु दलालमार्फत अमेरिका पुगेको हुन सक्छन्। पीडितहरूले उजुरी दिएको खण्डमा प्रहरीले अनुसन्धान गर्न सक्छ। यद्यपि डिपोर्ट भएकाहरुले आइतबार नै त्यस विषयमा नबोलेको एसपी कुँवर बताउँछन्। ‘पीडित हुनुहुन्छ भने उजुरी दिनका लागि उहाँहरूसँग समय छ। पछि पनि दिन सक्नुहुन्छ,’ उनले भने। अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेका कारण त्यहाँको सरकारले उनीहरूलाई डिपोर्ट गरेको हो। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएपछि आप्रवासी नीतिमा कडाइ गरिएको छ।

Read More

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह जोडिएको ५० वटा आयोजनामा बजेट विनियोजन गरेका छन् । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा सञ्चालन गर्नेगरी ती आयोजनामा उनले बजेट विनियोजन गरेका हुन् । मन्त्री सिंहले गणेशमानको नाम जोडिएका पार्क, स्टेडियम, प्रतिष्ठान, मार्ग, रङ्गशाला,  भवन, ज्येष्ठ नागरिक केन्द्र लगायतका ५० वटा आयोजनामा बजेट विनियोजन गरेका हुन् । मन्त्री सिंहले आर्थिक तथा वित्तीय उत्तरदायित्व ऐन र आयोजना बैंकको मापदण्ड विपरीत ती आयोजनामा बजेट विनियोजन गरेका छन् । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारले तीन करोडभन्दा तलका आयोजनामा बजेट विनियोजन नगर्ने मापदण्ड तय गरेको थियो भने सोही अनुसार आयोजना बैंकको सफ्टवेयर प्राणालीमा व्यवस्था गरेको थियो । तर, मन्त्री सिंहले भने सबै कानून र मापदण्डलाई छलेर हजारौँको संख्यामा आफ्ना योजना आगामी आर्थिक वर्षको बजेटमा हालेको मन्त्रालयको वार्षिक कार्यक्रममा भएका योजनाले देखाएको छ ।

Read More

एमाले पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा नखुल्न केपी ओलीको चेतावनी

पूर्वराष्ट्रपति विद्या भण्डारीले पुनः सक्रिय राजनीतिमा फर्कने औपचारिक निर्णय नगर्दै एमाले भित्र हलचल पैदा भएको छ। भण्डारी हालै चीन भ्रमणबाट फर्केर आएपछि एमालेमा हलचल उत्पन्न भएको हो। राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन्। एमाले नेताकै हैसियतमा उनी चीन भ्रमणमा गएकी हुन्। एमालेभित्रको एउटा पंक्ति भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउनुपर्ने पक्षमा छ। चीन भ्रमणबाट फर्केकी भण्डारी अहिले पूर्वी नेपालका झापा, मोरङलगायतका जिल्ला भ्रमणमा छिन्। भण्डारी पूर्वी नेपालको भ्रमणमा रहेकै बेला यता काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तीव्र असन्तुष्टि पोखेका छन्। भण्डारीले जिल्लामा एमालेका नेता–कार्यकर्तासँग गरिरहेको भेटघाटप्रति अध्यक्ष ओली असन्तुष्ट देखिएका हुन्। ओलीले आइतबार पार्टीका नेता–कार्यकर्तालाई भण्डारीको पक्षमा नखुल्न चेतावनीपूर्ण भाषा प्रयोग गरे। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी महाधिवेशनबारे धारणा राख्दै विद्याको पक्षमा नखुल्न नेता–कार्यकर्तालाई अघोषित चेतावनी दिए। ओलीले पार्टी महाधिवेशन आइनसकेको र पार्टीबाहिरबाट ढुंगा नहान्न पनि नेता–कार्यकर्तालाई चेतावनी दिए। ‘अर्को खेल हुन खोज्या छ यहाँ। अब फलाना आउने अरे यहाँ, फलाना आउने रे,’ ओलीले भण्डारीको राजनीतिक भेटघाटलाई लक्षित गर्दै भने, ‘पार्टीमा यस्तो कुनै छलफलै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष।’ उनले महाधिवेशन मिति घोषणा भइनसक्दै सरसल्लाह नै नगरी बाहिर हल्ला चलाएको भन्दै आक्रोश पोखे। उनले भने, ‘महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन, छलफल भएको छैन।’ यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खोजे सह्य नहुने उनको चेतावनी थियो। ‘अनि यो बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने, यस्ता दुष्प्रयासलाई तपाईंहरू सोझै जवाफ दिनुस्,’ ओलीले भने। पार्टीभित्र समूहका नाममा भइरहेको हल्लाको जवाफ दिन पनि उनले कार्यकर्तालाई आग्रह गरे। ‘तलतल यो ग्रुप भन्या छन्, त्यो ग्रुप भन्या छन्। यो ग्रुप र त्यो ग्रुपको आवश्यकता नै छैन,’ उनले भने, ‘तपाईंहरूले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुहोला।’ भण्डारी शनिबार झापा पुग्दा त्यहाँ एमाले जिल्ला अध्यक्ष प्रेमबहादुर गिरी, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महत्तरा प्रसाईं, पार्टी उपाध्यक्ष शिव ढुंगेलललगायतले भण्डारीलाई स्वागत गरेका थिए। उनीहरूले आफूले भण्डारीलाई पार्टी अध्यक्षको रूपमा हेर्न चाहेको भन्दै पार्टी राजनीतिमा फर्कन आग्रह गरेका थिए। विराटनगरबाट झापा जाने क्रममा भण्डारीसँग एमाले कोसी प्रदेशका इन्चार्ज शेरधन राई, सचिव राजकुमार भण्डारी र सहसचिव देवान राई थिए। कोसी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्न भण्डारी झापा पुगेकी थिइन्। भण्डारीले झापामा नेता–कार्यकर्तासँग पनि भेटघाट गरिन्। भेटवार्तामा युवा संघको केन्द्रीय सदस्यमा ओली समूहबाट पराजित रोजिना पाण्डे, पूर्वसांसद पवित्रा खरेल, नेत्री निता घतानी, बिर्तामोड नगरपालिकाकी प्रमुख प्रसाईं, कमल गाउँपालिकाकी पूर्वअध्यक्ष मेनुका काफ्लेलगायत सहभागी थिए। भण्डारी आइतबार पनि झापामा विभिन्न कार्यक्रममा सरिक भइन्। ओली आफ्नो गृहजिल्ला पुगेर भण्डारीले राजनीतिक भेटघाट गरेपछि आक्रोशित बनेको बुझिएको छ। ओलीले सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभारा पूरा गर्ने अभियानमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले गणतन्त्रलाई सुदृढ र गतिशील बनाउन अनेरास्ववियुलाई आग्रह गर्दै विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलाप गर्न भने छुट नभएको बताए। उनले विद्यार्थी नेताहरूलाई संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवार बनाउन निर्देश दिए। ‘बाटोमा हिँड्दा तपाईंहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिनुस्। म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हुनु हुँदैन,’ ओलीले भने, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन्। पार्टीभित्र एकता हुनु हुँदैन, चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन्। मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा लक्ष्यमा प्रभावकारीरूपमा अघि बढ्न सक्छौं। मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ। पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन।’ अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रमा ओलीले सरकार सही नीतिमा अघि बढेको र सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले गरेको प्रयास सफल नहुने पनि बताए। उनले मुलुकमा स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट पारे। सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने पनि उनले दोहोर्‍याए। ‘हाम्रा विरोधीले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्। हामीले हाम्रो मिसन २०८४ अन्तर्गत निर्वाचनमा बहुमत ल्याउँछौं भनेको छौं। प्रतिस्पर्धी दल भएकाले कांग्रेसले पनि त्यो भन्न पाउँछ,’ ओलीले भने, ‘हामी अहिले सँगै सरकारमा रहेर भोलि प्रतिस्पर्धाका आधारमा निर्वाचन लड्न तयार भएरै अघि बढेका छौं। त्यस अर्थमा मैले भन्दै आएको छु, आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ। यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन।’

Read More

मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँबिचको विवादले बजेट नै अन्योल

काठमाडौँ । धेरैजसो स्थानीय तह आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट कस्तो बनाउने भन्ने विषयमा निरन्तर छलफलमा व्यस्त छन् । तर स्थानीय तहहरुमध्ये सबैभन्दा ठुलो आकारको बजेट ल्याउने काठमाडौँ महानगरपालिकामा अहिलेसम्म कुनै छलफल हुन सकेको छैन । खासगरी मेयर बोलेन्द्र (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबिच विवाद हुँदा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट निर्माण सम्बन्धी विषयमा अहिलेसम्म छलफल हुन नसकेको हो ।  विवादकै कारण लामो समयदेखि कार्यपालिका र नगर सभा बैठकसमेत बस्न सकेको छैन । प्रमुख प्रशासकीय अधिकृतसँगको विवादसँगै मेयर बालेनको अन्य जनप्रतिनिधिहरुबिच पनि विवाद बढेको छ । यस्तै उपमेयर सुनिता डंगोलसँग समेत बालेनको राम्रो सम्बन्ध छैन । टकराब चुलिँदै जाँदा महिनामा एक पटक बस्नुपर्ने कार्यपालिका बैठक साढे ५ महिनादेखि अहिलेसम्म बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ मा ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ । ऐनले उक्त कार्यपालिका बैठक बोलाउने जिम्मेवारी नगरप्रमुखलाई दिएको छ । तर मेयरले साढे पाँच महिनादेखि बैठक नराखेका हुन् ।   स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रमुख प्रशासकीय अधिकृत महानगरको कार्यपालिका बैठक र सभाका सदस्यसचिव हुन्छ, प्रमुख प्रशासकीय अधिकृतले बैठकको निर्णय लेख्ने प्रावधान छ । कार्यपालिका बैठक नै नबसेपछि कार्यपालिकाका ४१ सदस्यहरूले केहीअघि सात दिनको अल्टिमेटम राखेर ज्ञापनपत्र समेत बुझाएका थिए । तर मेयरले अहिलेसम्म बेलाएर छलफल समेत नगरेको महानगर प्रवक्ता नवीन मानन्धरले बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्नु पर्ने भए पनि अहिलेसम्म कुनै पनि छलफल नभएको बताए । उनले कर्मचारीले आन्तरिक तयारी गरिरहेको भए पनि जनप्रतिनिधिहरूले बैठक गरेर अहिलेसम्म छलफल नभएको जानकारी दिए । ‘४१ जना कार्यकालिका सदस्यले बैठकको माग गरे पनि अहिलेसम्म कार्यपालिका बैठक राखिएको छैन । नीति कार्यक्रम त्यसपछिको कुरा हो । अहिलेसम्म केही भएको छैन । हामीलाई केही थाहा छैन,‘ प्रवक्ता मानन्धरले भने । वडा नम्बर १५ का वडाध्यक्ष ईश्वर मान डंगोलले मेयर र अन्य जनप्रतिनिधि मिल्नुको विकल्प नभएको बताए । ४१ जना जनप्रतिनिधिले भन्दा पनि जनताको माग अनुसार नगर सभा र महानगरको कार्यपालिका बैठक बोलाउन माग गरे पनि मेयरले अहिलेसम्म नराख्नु राम्रो पक्ष नभएको उनको धारणा थियो । उनले कार्यपालिका बैठकका साथै आगामी नीति तथा कार्यक्रम र बजेटको विषयमा कुनै तयारी नहुनु भनेको महानगरलाई बन्धक बनाउन खोज्नु भएको उल्लेख गरे । उनले भने,‘ महानगरमा एजेन्डामा विवाद सिर्जना हुन्छ । हुनुपर्छ । तर मेयरले लामो समयसम्म विवादलाई काम राखेर महानगरलाई नै बन्धक बनाउनु हुँदैन । महानगरपालिका भित्र मेयर, कर्मचारीबिच विवाद हुँदा जनताका धेरै कामहरू रोकिएको छ । सबै मिलेर निकास दिनुको विकल्प छैन ।’ उनले साढे ५ महिनादेखि बैठक बस्न नसक्दा विकासको काम समेत ठप्प भएको बताए । मेयर साहले महानगर पालिकाभित्रको विवाद समाधान गर्न नसक्दा महानगरका विकास निर्माण तथा नीतिगत निर्णय अन्योलमा बन्धक जस्तै बन्न पुगेको छ । नीति तथा कार्यक्रम र बजेटका लागि अनिवार्य कार्यपालिका बैठक बस्नैपर्ने बाध्यता छ । तर, प्रमुख शाह कार्यपालिका र नगर सभा दुवै बैठक छल्दै हिँडेका छन् । कार्यपालिका बैठक नबस्दा नीति तथा कार्यक्रम पनि कहिलेसम्म आउँछ टुङ्गो छैन नभएको प्रवक्ता मानन्धरको भनाइ छ । उनका अनुसार नीति तथा कार्यक्रम समेत कहिले आउने निश्चित नहुँदा असार १० भित्र ल्याउनुपर्ने बजेट समेत अन्योलमा परेको छ । चालु आर्थिक वर्षका लागि २०८१ जेठ ३२ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गरिएको थियो । तर आगामी वर्षको लागि अहिलेसम्म कुनै छलफल हुन सकेको छैन । महानगरले बजेटमाथि छलफल सकेर असार २९ गते नगरसभाको १३औँ अधिवेशनले बजेट पारित गरेको थियो । तर, यस पटक अहिलेसम्म प्रमुख शाहले कार्यपालिका बैठक आह्वान नगर्दा नीति तथा कार्यक्रम र बजेट नै अन्योल सिर्जना भएको छ ।  स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहहरुले बजेट जारी गर्ने दिन किटानी गरेको छैन । तर संविधानमा संघ र प्रदेश सरकारको भने किटान गरेको छ । संविधान र कानुन बमोजिम संघीय सरकारको प्रत्येक वर्षको बजेट १५ जेठ र प्रदेश सरकारको १ असारमा जारी हुन्छ । तर स्थानीय तहहरूको भने असार १० भित्र गर्नुपर्ने  व्यवस्था छ । कानुन अनुसार स्थानीय तहहरूले आगामी आव २०८२÷८३ का लागि असार १० गते भित्र बजेट जारी गरिसक्नु पर्नेछ । महानगरले कसरी बजेट ल्याउँछ त्यो भने हेर्न बाँकी छ । महानगरका प्रवक्ता मानन्धरले कार्यपालिका बैठक बोलाउनेदेखि नीति तथा कार्यक्रम र बजेट ल्याउने अधिकार मेयरलाई भएको बताए । उनले मेयरले जहिले बोलाउँछन् सोही बैठकमा उपस्थित हुने बताए । वडाध्यक्ष डंगोलले महानगरमा विगतमा एजेन्डामा विवाद भए पनि सहमतिमा नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेको भन्दै मिलेर काम गर्नु पर्ने बताए । उनले भने, ‘विगतका वर्षमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुन्थ्यो । अहिले न कार्यपालिका बैठक नै बस्न सकेको छ । नत अन्य विवाद समाधान भएको छ । यसरी महानगरका काम रोकिनु हुँदैन । भन्ने पक्षमा सबै जनप्रतिनिधि रहेका छौँ ।’ विवादको जड काठमाडौँ महानगरको कार्यपालिका बैठक बस्न नसक्नुको प्रमुख कारण मेयर बालने र प्रमुख प्रशासकीय अधिकृतको विवाद नै देखिन्छ । महानगरको गत पुस १४ गते बसेको  १६ औँ नगर सभा बैठक अघि बसेको कार्यपालिका बैठक त्यसपछि आजसम्म बस्न सकेको छैन । जसको कारण प्रमुख प्रशाशकीय अधिकृतलाई मेयर बोलेनले स्वीकार गर्न नसक्नु पनि हो । काठमाडौँ टावरको विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृत सरोजसँगको विवाद सिर्जना भएको थियो । टावर विवाद हुँदा मेयरले प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरी महानगर प्रवेशमा रोक लगाएका थिए । करिब तीन महिनापछि उपमेयर र जनप्रनिधिहरुले गत  २१ चैतमा कार्यालयमा हाजिर गराएका थिए । प्रमुख प्रशासकीय अधिकृतले महानगरमा हाजिर गरे पनि अहिलेसम्म मेयरसँग भेट भएको छैन । उनीहरूबिच कुनै संवाद नभएको देखिन्छ । त्यसैले पनि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई मेयरले मान्न अझै तयार भएका छैनन् । प्रमुख प्रशासकीक अधिकृत गुरागाइँ कार्यपालिकाको सदस्यसचिव हुन्छन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख प्रशासकीय अधिकृत बैठक र सभाका सदस्यसचिव हुन्छ, उसैले बैठकको निर्णय लेख्ने व्यवस्था छ । तर मेयर बालनेले सरोज प्रमुख प्रशासकीय अधिकृत भएसम्म कार्यपालिका बैठक नबोलाउने अडानमा छन् । एक वडाअध्यक्षले मेयरले कार्यपालिका बैठकमा अहिलेको प्रमुख प्रशासकीय अधिकृत सदस्यसचिव मान्नुपर्ने भएकै कारणले नडाकेको देखिएको बताए ।

Read More
Back To Top