Headlines

निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्यः प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा पछाडि परेका वर्गलाई सहयोग पुर्‍याउने उद्देश्यले निजी लगानीमा अस्पताल स्थापना गर्नु उदाहरणीय कार्य भएको बताएका छन् । मोरङ कटहरी गाउँपालिका २ हल्दिबारमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेसनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र सरोकार भएका निकायको सहयोगबिना निजी लगानीमा सुविधासम्पन्न अस्पताल निर्माण गरी जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने काम प्रशंसनीय रहेको बताए । प्रधानमन्त्री ओलीले सङ्घीय सांसदका रूपमा अस्पताल सञ्चालक समितिका अध्यक्ष योगेन्द्र मण्डललाई चयन गरेकामा यहाँका जनतालाई धन्यवाद दिँदै सबै जनप्रतिनिधिले सांसद मण्डल जस्ते सृजनशील काम गर्नुपर्ने सुझाव दिए । उनले भने, “अस्पतालले आर्थिक अभाव भएकालाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्ने नीति लिएको छ, यो समाजका लागि उदाहरणीय कार्य हो ।” प्रधानमन्त्री ओलीले रु दुई अर्ब लगानीमा बनेको दुई सय शय्याको यस अस्पतालाले रकमको अभावमा उपचार नपाएका बिरामीलाई फर्कन नदिने सङ्कल्प लिएकोप्रति सराहना गरे । आगामी दिनमा अस्पतालले तीन सय शय्या पुर्‍याउने र शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको भन्दै यसमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीलाई अस्पताल परिसरमा आयोजित कार्यक्रममा मण्डलसहित स्थानीय अगुवा, जनप्रतिनिधि र समुदायले स्वागत गरेका थिए । अस्पतालका सञ्चालक समितिका अध्यक्ष एवं सांसद मण्डलले समुदायमा रहेका गरिब जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार अस्पतालले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकसहित उपचार प्रवाह गर्नेछ । अस्पतालमा अत्याधुनिक चिकित्सा उपकरण र अनुभवी विशेषज्ञमार्फत आकस्मिक सेवा, बहिरङ्ग (ओपिडी) सेवा, साधारण तथा पेनलेस डेलिभरी सेवा, जेनरल तथा आइसियु, एनआइसियु, सिसियु, एचडिसियु, पिआइसियु, डिजिटल एक्सरे, भिडियो एक्सरे, दुरविनबाट सबै किसिमका शल्यक्रिया सेवा, बालरोगसम्बन्धी सेवा, डायलाइसिस तथा प्रयोगशाला सेवा, नाक, कान र घाँटी, आँखा जाँचलगायत सेवा प्रदान गर्नेछ । मण्डलका अनुसार अस्पतालमा अहिले विषेशज्ञ चिकित्सकसहित दुई सय जनशक्ति रहेका छन् । आगामी केही वर्षमा चिकित्सा शिक्षाको अध्ययन, अध्यापन सञ्चालनमा ल्याउने गरी सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिए ।

Read More

दाहालले भने: माधव नेपालविरुद्ध मुद्दा दर्ता गरेर अख्तियारले गम्भीर प्रश्न जन्मायो

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर प्रश्न जन्माएको बताएका छन्। अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा दर्ता गराएर अख्तियारले गम्भीर प्रश्न जन्माएको दाहालको जिकिर छ। ‘अख्तियारले पनि गम्भीर प्रश्न जन्माएको छ। पहिले अख्तियारले नै कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे कुरा उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ, क्याबिनेटले नै गरोस् भन्ने मैले आफैँले हेरेको छु त्यो चिठी। माधवजीले गरेको त जे गरेको भए पनि नीतिगत नै निर्णय हो, त्यसैमा फेरि प्रवेश गरेकाले प्रश्न उठेको छ, सायद जवाफ देला,’ उनले भने। यस्तै उनले २०६२ यताका सबै प्रधानमन्त्री र गृहमन्त्रीको छानबिन गर्नुपर्ने पनि बताए। ‘हामीले त २०६४ यताका सबै प्रधानमन्त्री, गृहमन्त्रीहरूको छानबिन होस् भनेर भनेका छौँ। त्यसो हुँदा जोकोही पनि छानबिनको दायराभित्र आउन सक्ने भयो। तर, नीतिगत र सैद्धान्तिक रूपले ठीक हो कि होइन भन्ने बहस हुन भने जरुरी छ,’ उनले भने।

Read More

पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्न मिल्दैन : उपाध्यक्ष पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पतञ्जलि जग्गा प्रकरणमा एमालेले पूर्वाग्रह राख्यो भन्नु गलत कुरा भएको बताएका छन् । एमाले ओखलढुङ्गा लिखु काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमालेकै कोहीले गलत गरेको छ भने अनुसन्धानको दायरामा आउने भन्दै राजनीति पूर्वाग्रहका आधारमा अख्तियारले काम गर्यो भन्नु गलत भएको बताएका हुन । उनले सार्वजनिक ओहोदामा बस्ने व्यक्ति नागरिक लेखापरिक्षणमा उभिन सक्नुपर्ने बताए । नागरिकको लेखापरिक्षणमा बेरुजु निस्किए जोसुकै पनि दण्डका भागेदारी हुनुपर्ने उनको भनाइ छ । त्यस्तै पोखरेलले जन्मसिद्ध अधिकारको आधारमा शासन सत्ता चलाउने कुराको विपक्षमा एमाले अडिक रहेको बताए । वंश परम्पराको शासन सत्ताको पक्षमा नभइ लोकतान्त्रिक विधिबाट आउने योग्य व्यक्तिले मुलुकको शासन चलाउनुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए । पोखरेलले अनिर्वाचित सत्ताको पक्षमा समेत एमाले नरहेको स्पष्ट पारे । उनले मुलुकका समस्या समाधान गर्न अहिले ठूला दल एमाले र कांग्रेस मिलेर सरकार गठन गरेको भन्दै आगामी निर्वाचनमा कांग्रेससँगै मूल प्रतिष्पर्धा हुने बताए । उनले राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिने पार्टी भएकाले एमालेमाथि हमला हुने गरेको भन्दै त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

Read More

मोहन वैद्यको १० दिनदेखि आईसीयूमा

२४ जेठ, काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको त्रिवि शिक्षण अस्पतालस्थित आईसीयू कक्षमा उपचार भइरहेको छ । गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, पुरानो दमको कारण स्वास्थ्यमा समस्या देखिएपछि उनी जेठ १५ गतेदेखि अस्पताल भर्ना भएका हुन् । अक्सिजनको लेभल बेला–बेला तलमाथि हुने गरेकाले उनलाई आईसीयूमै राखेर उपचार गरिरहेको ती चिकित्सकले  जानकारी दिए । ‘स्वास्थ्य धेरै नै बिग्रिएको छ । छातिमा भएको संक्रमण घटेको छैन,’ स्रोतले भन्यो, ‘उहाँको पुरानो दमले पटकपटक समस्या दिइरहेको छ । यसपटक भने अल्लि सिरियस नै छ ।’ ७८ वर्षीय वैद्य श्वासप्रश्वासको समस्याले गत पुसमा एक महिना त्रिवि शिक्षण राखेर उपचार गरिएको थियो ।

Read More

सात वर्षको उमेरमा हराएका एक युवा जब २२ वर्ष फर्किएपछि

सात वर्षको उमेरमा काठमाडौँबाट हराएका एक युवा जब २२ वर्ष पछि गल्मीमा रहेको आफ्नो घर फर्किए । गुल्मीको इस्मा गापा १ हर्पुकोट स्थित टिका कुवरका कान्छा छोरा बादल २२ वर्ष पछि घर फर्किएका छन्। उनी बाबु नेपाल आर्मीमा हुँदा काठमाडौँबाट हराएका थिए। छोरालाई २२ वर्ष पछि भेट्दा आमा अम्बिका कुवरका आँशु थामिएनन्।

Read More

पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खा लागिसकेकाले अब ठुलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् ।झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठुलो आन्दोलन गर्ने बताए ।  अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दु राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए । जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो । अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गरे ।

Read More

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दाबारे अख्तियारको पत्र संसद् सचिवालयमा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेस्थित पतञ्जलिका लागि किनिएको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी पत्र संसद् सचिवालयमा पुगेको छ । सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित नेपालविरुद्ध भ्रष्टाचार मुद्दा चलेको पत्र संसद् सचिवालयमा आइपुगेको जानकारी दिएका छन् ।  अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरूद्ध १८ करोड ५८ लाख रूपैयाँ बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा चलाएको छ। भ्रष्टाचार मुद्दा चलेकाले नेपाल सांसद पदबाट स्वत: निलम्बित हुनेछन् । नेपालमा कुनै सांसद (प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्य) विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वत: पद निलम्बन हुने कानुनी व्यवस्थासम्बन्धी प्रावधान नेपालको संविधान र भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ मा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३० (निलम्बन सम्बन्धी व्यवस्था) अनुसार यदि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै सार्वजनिक पद धारण गर्ने व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा अदालतमा दर्ता गरे उक्त व्यक्ति स्वतः निलम्बित हुने व्यवस्था छ।  सांसद पनि सार्वजनिक पद धारण गर्ने व्यक्तिको परिभाषामा पर्छन्। नेपालको संविधान, २०७२ को धारा २४४ मा (अख्तियारको अधिकार) बारे उल्लेख छ । अख्तियारले सार्वजनिक पदधारी व्यक्तिविरुद्ध अनुसन्धान गर्न र भ्रष्टाचारको मुद्दा दायर गर्न सक्छ। प्रतिनिधिसभा वा राष्ट्रियसभाका सदस्यहरू संविधान अनुसार सार्वजनिक पदमा पर्ने भएका कारण उनीहरूमाथि भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन हुने प्रक्रिया लागु हुन्छ।

Read More

तरुण दललाई ३ करोड विनियोजन शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भ्रातृ सङ्गठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन गरेर दलगत लाभ लिँदा शासन प्रणाली र दलहरूमाथि गम्भीर प्रश्न उठ्ने बताएका छन् । बस्नेतले शनिबार आफ्नो फेसबुक पेजमा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई शासकीय मर्यादाको यो हदको उल्लङ्घनले सरकारकै नैतिकतालाई खोक्रो बनाउने समेत जनाएका छन्  । ‘सहरी विकास मन्त्रालयमार्फत नेपाली कांग्रेसको भातृसंगठन तरुण दललाई ३ करोड रुपैयाँ बजेट विनियोजन भएछ । राज्य कोषबाट जनताको पसिनाको कर उठाएर यसरी खुलेआम ‘दलगत लाभ’ बाँड्ने हो भने शासन प्रणाली र दलहरू माथि समेत गम्भीर प्रश्न उठ्छ’, नेता बस्नेतले लेखेका छन् । उनले वीर गणेशमान सिंहको छोरा, आफ्नै थातथलो लोकतान्त्रिक सङ्घर्षमा, इतिहास बोक्ने नाम थर भएको व्यक्तिले त्यो नाम र आदर्शको मूल्य यति सस्तोमा फ्याल्नु राम्रो हो त दाजु ? भन्दै मन्त्री सिंहलाई प्रश्न गरेका छन् ।  ‘शासकीय मर्यादाको यो हदको उल्लङ्घनले तरुणतालाई होइन, सरकारकै नैतिकतालाई खोक्रो बनाउँछ । सत्ता सस्तो नबनाउनु दाजु , तपाईँप्रतिको हाम्रो सम्मान नघटोस् !’, बस्नेतको सुझाव छ ।

Read More

फोर्स गाडी र ट्रक आपसमा ठोकिदा दुर्घटनामा ८ जना घाइते!

नेपालगञ्जबाट सुर्खेत आउदै गरेको फोर्स गाडीलाई बिपरित दिशाबाट आएको ट्रकले बबई नजिक ठक्कर दिँदा फोर्स गाडीमा सवार ११ जना मध्ये ८ जना घाइते भएका छन्। घाइतेलाई उद्दार गरी उपचारको लागि नेपालगञ्ज तर्फ पठाइएको र ट्रक चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

Read More

आन्दोलनकारीले योगेश भट्टराईलाई शौचालयमा घेरा हालेपछि

नेकपा (एमाले) का सचिव योगेश भट्टराईविरूद्ध ताप्लेजुङमा नाराबाजी भएको छ। कन्चनजंघा हिमालमा मानव पाइला परेको हिरक महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सचिव भट्टराई शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ लेलेप पुगेका थिए। उनीसँगै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे पनि हेलिकप्टर चढेर ताप्लेजुङ पुगेका थिए। कार्यक्रम सम्पन्न भएर फर्कनै लाग्दा भट्टराईविरूद्ध  ‘नो केबलकार समूह’ र ‘पहिचानवादी समूह’ले नाराबाजी गरेका थिए। अपराह्नतिर कार्यक्रम सकिएपछि पर्यटनमन्त्री पाण्डे हेलिकप्टरतिर गइसकेका थिए। भट्टराई नजिकै रहेको कन्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको शौचालय गएका थिए। उनी शौचालयभित्र छिर्नेबित्तिकै पहिचानवादी समूह र नो केवलकार समूहले शौचालय घेरेर भट्टराईविरूद्ध नाराबाजी गरेका थिए। लगत्तै परिचालन भएको प्रहरीले भट्टराईलाई सुरक्षा प्रदान गरेको थियो। भट्टराई शौचालय भित्रै रहँदा प्रहरीले बाहिरबाट चुकुल लगाइदिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले सुरक्षा मात्रै दिएको बताए। ‘हामीले सुरक्षा मात्र दिएका हौं। अरू केही होइन,’ उनले भने। नाराबाजी भएपछि सुरक्षाकर्मीको संख्या बढाइएको थियो। केहीबेरमा प्रहरीले परिस्थिति सामान्य बनाएपछि चुकुल खोलेर भट्टराईलाई बाहिर निकाली हेलिकप्टरसम्म पुर्‍याएर काठमाडौं पठाएको थियो।  ‘उहाँलाई सुरक्षित काठमाडौं पठाएका हौं। काठमाडौं पुगेपछि मलाई फोन गरेर उहाँले धन्यवाद पनि भन्नुभयो,’ डिएसपी रावलले भने।  पछिल्लो समय ताप्लेजुङको पाथीभरामा केवलकार बनाउने विषयमा विवाद उत्पन्न हुँदा भट्टराईले केवलकार बन्नुपर्ने विषयमा जोडदार वकालत गर्दै आएका छन्। पाथीभरमा केवलकार बन्न नहुने भनेर आन्दोलन गर्दै आएका समूहले उनलाई प्रदेशमा निषेध गर्ने घोषणा नै गरेको थियो।

Read More
Back To Top