Headlines

रास्वपाका सभापति रवि लामिछाने सभामुख भेट्दै ?

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने भएका छन् । संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता गर्न लागेका हुन् । ‘अहिले केही बेरमा सभापतिज्यूले सभामुखसँग भेटवार्ता गर्दै हुनुहुन्छ’, रास्वपा कार्यवाहक प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘भेटमा समसामयिक विषयमा कुराकानी हुनेछ ।’ त्यस्तै लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछाने सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । रास्वपाले लामिछानेविरुद्ध प्रतिशोध साँधेको आरोप लगाउँदै आएको छ ।

Read More

सुर्खेतमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ६ घाइते

वीरेन्द्रनगर — सुर्खेतमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका छन् ।  ना ४ ख ६२६३ नम्बरको बस र कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । बिहीबार रत्नराजमार्ग स्थित भेरीगंगा नपालिकाको सत्तरीमा नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बस र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक एकआपसमा ठोक्किएका हुन् ।मृत्यु हुनेमा ट्रक चालक दैलेखको गुरास गाउँपालिका- १ का ३१ वर्षीय हिरा पुन रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकील सुनारले जानकारी दिए । उनका अनुसार ट्रक चालकको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो । घाइतेहरूको प्रदेश अस्पताल र माया नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

अमेरिका विमान दुर्घटना हुँदा ३० जनाको मृत्यु

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा भएको हवाई दुर्घटनामा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ सैनिक बोकेको हेलिकप्टरसँग ठोकिएको हो ।दुर्घटनामा कुनै पनि यात्रु जीवितै भेटिने सम्भावना नरहेको वासिङटन डिसीका आगलागी तथा आपत्‌कालिन चिकित्सा सेवा प्रमुख जोन ए डोनेली सिनियरलाई उद्धृत गर्दै अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् । उनका अनुसार घटनास्थलको तापक्रम निकै कम भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएको बताएका छन् ।डोनेलीले उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्नसक्ने बताएको सीबीएस न्यूजले जनाएको छ । उद्धार कार्यमा करिब ३ सय आपत्‌कालीन उद्धारकर्ता, प्रहरीका गोताखोर र डुंगा परिचालन गरिएको छ । खोजी तथा उद्धार कार्यमा छिमेकी राज्य मेरिल्यान्डले पनि सघाएको छ । अमेरिकाको संघीय नागरिक उड्डयन निकाय (एफएए)का अनुसार स्थानीय समयानुसार बेलुकी ९ बजेतिर अवतरणको तयारीमा रहेको अमेरिकन एअरलाइन्सको विमान हेलिकप्टरसँग ठोकिएपछि पोटोम्याक नदीमा खसेको हो ।विमान दुर्घटनामा दुई टुक्रा परेको र नदीमा खसेको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर उत्तानो परेर नदीमा खसेको सञ्चारमाध्यमहरूले जनाएका छन् । तालिमका लागि प्रयोग भएको सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टरमा तीन सैनिक रहेको जनाइएको छ । बीबीसीका अनुसा उक्त हेलिकप्टर भर्जिनिया राज्यस्थित फोर्ट बेल्भोयरबाट उडेको थियो । अमेरिकी अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् । अनुसन्धानमा संघीय जाँच ब्यूरो एफबीआईले पनि अनुसन्धानमा सघाउने जनाइएको छ । दुर्घटनापछि रोनाल्ड रेगन विमानस्थल बन्द गरिएको र त्यहाँ आउन लागेका विमानहरूलाई डालस अन्तर्राष्ट्रिय विमानस्थलतिर पठाइएको छ ।

Read More

‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति नेपाल पत्रकार मञ्चले कडा आपत्ति

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति नेपाल पत्रकार मञ्चले कडा असन्तुष्टि जनाएको हो । पत्रकार महासंघका निर्वाचित परिषद् सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित कार्यक्रममा वक्ताहरूले उक्त विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएको बताएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विधेयकले प्रेस स्वतन्त्रतालाई संकुचित गर्ने खतरा रहेको बताउँदै, यसलाई फिर्ता लिन सरकारलाई आग्रह गरे। साथै, पत्रकार महासंघ नागरिक समाज, मानव अधिकारकर्मी र सरोकारवालासँग छलफल नगरी विधेयक पारित भए त्यसविरुद्ध चुप नबस्ने चेतावनी दिए । कार्यक्रममा नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले सरकारको नियमन आवश्यक भए पनि नागरिकको मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि कानुन स्वीकार्य नहुने बताए । अन्य वक्ताहरूले पनि विधेयक तत्काल परिमार्जन गर्न जोड दिए । समारोहमा महासंघको राष्ट्रिय र प्रदेश परिषदमा निर्वाचित सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Read More

सामाजिक सञ्जालसम्बन्धी विधेयकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकोआपत्ति

सरकारले हालै राष्ट्रिय सभामा सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयक दर्ता गरेको छ। विधेयकमा रहेका कतिपय बुँदामा विरोध भइरहेको छ। सत्तारूढ दल तथा नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार पोस्ट गर्दै भनेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य छ ।’ उनको आफू पार्टी प्रवक्ता हुँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने पनि भनाई रहेको छ । ‘देश ढुक्क रहोस् दृष्टि बदलिन्न, विधेयक बदलिन्छ,’ शर्माले भनेका छन, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता र प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिक पंक्तिबीच गहन संवाद जरूरी छ ।’

Read More

भारतको महाकुम्भमा मृत्यु हुनेको संख्या ३० पुग्यो, ६० जना घाइते

उत्तर प्रदेश । उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको कुम्भ मेलाको क्रममा बुधबार राति करिब १.३० बजे एक घाटमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । यस दुर्घटनामा दर्जनौँ घाइते समेत भएका छन् ।  महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।’ घटनाको कारण बताउँदै उनले भने, ‘अखडा क्षेत्रमा ब्यारिकेडहरू जडान गरिएका थिए, तीमध्ये कतिपय ब्यारिकेडहरू भत्केका छन्। ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा धेरै भक्तजनहरू सुतेर बसेका थिए । जब त्यहाँ अन्य श्रद्धालु पुगे, उनीहरूले तल को सुतिरहेका छन् भनेर देख्न सकेनन्। यसरी यो दुर्घटना भयो।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दुखद छ । यसबाट आफ्ना परिवारका सदस्यहरू गुमाउनुहुने भक्तजनहरूप्रति मेरो गहिरो समवेदना। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय प्रशासन पीडितलाई सक्दो सहयोग गर्न लागिरहेको छ । मैले यस सम्बन्धमा मुख्यमन्त्री योगीजीसँग कुरा गरेको छु र म राज्य सरकारसँग निरन्तर सम्पर्कमा छु।’ मौनी अमावस्याका दिन अमृतस्नानका अवसरमा प्रयागराजमा ८ देखि १० करोड भक्तजन पुग्ने प्रशासनको अनुमान थियो ।

Read More

राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुने कुरामा ज्ञवालीको आपत्ति

नेकपा एमाले का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किने चर्चा भइरहेको बेला बुधबार पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नभएको बताएका हुन्। ‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रूपमा नवोदित संस्थाहरू हो। त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरू सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु।’ ‘मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिनँ,’ उनले भने, ‘सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिनँ। कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ। त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ।’ पूर्वराष्ट्रिपति भण्डारी नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किने कुरा बाहिर निर्माण गरेको भाष्य उनले बताए। अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धा गर्न खोज्न आउने कुरामा सत्यता नभएको उनको दाबी छ।

Read More

अमेरिकामा अवैध आप्रवासीलाई पक्राउ अभियान शुरु ?

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई पक्राउ गर्न सुरू गरेको छ। अमेरिकी न्याय विभागले कानुन कार्यान्वयन गराउने विभिन्न एजेन्सीहरू परिचालन गरी अवैध रूपमा वसोबास गरिरहेका आप्रवासीहरूलाई पक्राउ गर्ने अभियान चलाएको हो। राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासी फिर्ताको विषयलाई गम्भीरतापूर्वक लिएको र कार्यकाल सुरू भएदेखि नै अवैध आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरू हुने बताएका थिए। आइतबार त्यो अभियान सिकागोबाट सुरू भएको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सिकागोमा विभिन्न शंकास्पद स्थानहरूमा छापा मारेर प्रहरीले अवैध रूपमा बसोबास गर्दै आइरहेका आप्रवासीहरूलाई पक्राउ गरेको छ। अमेरिकाको अध्यागमन विभागले विज्ञप्ति जारी गरेर अवैध आप्रवासी पक्राउ अभियान चलाएको जानकारी गराएको सिएनएनको समाचारमा उल्लेख छ। उक्त अभियान देशैभरि सुरू हुने भनिएको छ। केही मिडियाहरूले झन्डै एक हजार अवैध आप्रवासी आइतबार पक्राउ परेको भनेका छन् तर त्यसको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन। अपरेशनमा स्थानीय अधिकारीहरू भने संलग्न नरहेको न्युयोर्क टाइम्सले जनाएको छ। ट्रम्पले अवैध आप्रवासीहरूलाई अपराधी भनेका थिए। त्यस्ता मानिसहरूलाई उनीहरू जहाँबाट आएका हुन् त्यहीँ पठाइने उनले बताएका थिए।

Read More

अछाममा किशोरी मृत्यु प्रकरणः २ जना प्रहरी नियन्त्रणमा

अछाम जिल्लामा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ। आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्र हरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएक थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थियो। मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन्।

Read More

फेरी पनि विवादमा ऊर्जामन्त्री खड्का, स्वार्थ बाझिने गरी आफ्नै होटलमा विधेयकमाथी छलफल

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ऊर्जा मन्त्री दीपक खड्काकै होटलमा मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल गरेको छ। मन्त्रालय र सांसदहरू बीच विधेयकमाथिको छलफल संसदीय समितिको हलमा हुनुपर्ने तर मन्त्री खड्काको लगानीमा खुलेको होलिडे इन रिसोर्टमा गत माघ ७ र ८ गते मन्त्रालयकै आयोजनामा जलस्रोत विधेयकमाथि समितिले छलफल गरेको हो। आफ्नो होटलमा र आफ्नै मन्त्रालयको विधेयकमाथि छलफल राखेर मन्त्री खड्काले स्वार्थ बाझिने काम गरेका छन्। त्यसअघि समितिमा आएर सोही विधेयक अध्ययनका लागि ७ दिनको समय मागेका थिए। तर लगत्तै मन्त्रालयको तर्फबाट होटलमा कार्यक्रम राखे। जबकी मन्त्री खड्काविरूद्ध पूर्वाधार समितिमा एक महिनाअघि नै छानबिनको माग गर्दै उजुरी परेको थियो। ४ सय ५४ मेगावाटको किमाथांका अरूण जलविद्युत आयोजना र १९ सय २ मेगावाटको मुगु कर्णाली जलासययुक्त आयोजनाको विषयमा सूचना निकाल्नुअघि नयाँ कार्यविधि निर्माण गरिएको र सेटिङमा आयोजना दिने गरी अघि बढाइएको उजुरीमा उल्लेख छ। ललिन्द्र राईका तर्फबाट पुस १२ गते दिइएको उजुरीमा छानबिन माग गरिएको थियो। साथै उजुरी टुङ्गो नलाग्दासम्म वित्तीय लगानी आह्वानको आसयपत्र पेस गर्ने सम्बन्धी कारबाही स्थगित गर्न आग्रह गरिएको थियो। तर परेको उजुरीमाथि मन्त्रीसँग सोधपुछ गर्नुको साटो समितिका सांसदहरू मन्त्रीकै होटलमा पुगेर मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल गरेका हुन्। छलफलमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसदहरू भने सहभागी भएका थिएनन्। समितिमा रहेका मा‌ओवादी केन्द्रका शक्ति बस्नेत, माधव सापकोटा र उर्मिला माझीले बैठक बहिष्कार गरेका हुन्। तर मन्त्री खड्का आफ्नै होटलमा आयोजना भएको अन्तर्क्रिया कार्यक्रममा सहभागी भएका थिएनन्। मन्त्रालयका तर्फबाट राज्यमन्त्री पूर्णबहादुर तामाङ सहभागी भएका थिए। उक्त छलफलमा विधेयकका बुँदा बुदाँमाथि छलफल भएको स्रोतले बतायो। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले आफूहरूले मन्त्री खड्का विरूद्धको उजुरीबारे छलफलका लागि डाक्न पटक पटक आग्रह गरे पनि मन्त्री नआएको बताए। हामीले जसको विषयमा समितिमा उजुरी परेको छ, उसकै होटलमा गएर छलफल गर्न नहुने धारणा राखेका हौं, सांसद सापकोटाले भने, हामीले दुई हाइड्रोपावर आयोजना नियम विपरीत कम्पनीहरूलाई जिम्मा दिन लागेको विषयमा समितिमा जबाफ दिनुपर्छ भन्दै आएका थियौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले भने एक विज्ञप्ति जारी गर्दै होलिडे इन रिसोर्टमा आयोजना भएको अन्तर्क्रिया एउटा संयोग मात्र भएको दाबी गरेको छ। प्रवक्ता सन्दीप कुमार देवले जारी गरेको विज्ञप्तिमा विगतमा पनि यस्ता छलफलहरू राजधानी र आसपासका होटलमा आयोजना हुने गरेको उल्लेख छ। मन्त्री खड्काका विषयमा प्रतिनिधि सभाकै सार्वजनिक लेखा समितिमा पनि सांसद अमनलाल मोदीले हाइड्रोपावर आयोजना मिलाउन आफ्नै कार्यकक्षमा चेक लेनदेन गराएको विषयमा छानबिन माग गरेका छन्। जगदुल्ला जलविद्युत आयोजनाको १६ अर्बको ठेक्कामा मिलेमतो गरी ठेकेदारबीच चेक लेनदेन गराएको विषय सार्वजनिक भएको थियो। ुऊर्जामन्त्रीको चेकको विषयमा लेखा समितिले छलफल गर्नुपर्छ कि पर्दैनरु,ु सांसद मोदीले समितिमा प्रश्न उठाएका थिए, बाहिर विषय उठेका छन्। सार्वजनिक विषयवस्तुमा उजुरी नपरे पनि समिति प्रवेश गर्नुपर्छ। त्यसो त प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति र लेखा समितिमा मन्त्री खड्काविरूद्ध स्काउटको जग्गाको भाडा नतिरेको विषयमा समेत उजुरी छ। उजुरीको विषय सार्वजनिक भएपछि मन्त्री खड्काले भाडा तिरे पनि विवाद अझै सल्टिएको छैन।

Read More
Back To Top