जनता संग माओवादीको सम्बन्ध कमजोर –

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर रहेको बताएका छन्  ।    आज शुक्रबार दाङको तुलसीपुर– ८ मा आयोजित एक कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा लिएर जनयुद्ध गरेको त्यही वर्गको मुद्दा छाड्दा पार्टी कमजोर भएको स्वीकारे गरेका हुन् । अध्यक्ष दाहालले भने– जनयुद्धमा जसको मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही वर्ग र समुदायको अगाडि बढाउने सङ्कल्प गरेका छौ । ‘जनतासँग हाम्रो सम्बन्ध अलि कमजोर हुन गयो । हामीले जुन वर्ग समुदायका निम्ति क्रान्ति गर्‍यौँ । ती वर्ग, समुदायका माग र मुद्दा कमजोर जस्ता भएका छन् । अब त्यसलाई सच्याउनुपर्छ । सहिद तथा बेपत्ता र घाइते योद्धाका परिवारसँग पनि भेटघाट र सम्बन्ध बढाउनुपर्छ’, उनले भने, ‘हिजो जनयुद्धमा जुन वर्ग समुदायका माग र मुद्दा लिएर अगाडि बढेका थियौँ अब त्यही समुदायतिर नै फर्किनुपर्छ । सबै वर्ग समुदायतिर फर्किने अभियान चलाउँदै छौँ । जनयुद्ध र जनआन्दोलनका सहिदलाई यो पटक राष्ट्रिय सहिद घोषणा गरी राजपत्रमा प्रकाशित गरेँ ।  यसमा म सन्तुष्ट छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top