दाहालले भने: माधव नेपालविरुद्ध मुद्दा दर्ता गरेर अख्तियारले गम्भीर प्रश्न जन्मायो

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर प्रश्न जन्माएको बताएका छन्। अर्का पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालविरुद्ध मुद्दा दर्ता गराएर अख्तियारले गम्भीर प्रश्न जन्माएको दाहालको जिकिर छ। ‘अख्तियारले पनि गम्भीर प्रश्न जन्माएको छ। पहिले अख्तियारले नै कुनै पनि प्रधानमन्त्री र क्याबिनेटको डिसिजनको बारेमा अख्तियारको क्षेत्राधिकारभन्दा बाहिरको कुरा हुनाले ललिता निवास प्रकरणका सन्दर्भमा बाबुराम भट्टराई र माधव नेपालजीको बारेमा जे कुरा उठेको थियो, अख्तियारले यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन, जे गर्नु छ, क्याबिनेटले नै गरोस् भन्ने मैले आफैँले हेरेको छु त्यो चिठी। माधवजीले गरेको त जे गरेको भए पनि नीतिगत नै निर्णय हो, त्यसैमा फेरि प्रवेश गरेकाले प्रश्न उठेको छ, सायद जवाफ देला,’ उनले भने। यस्तै उनले २०६२ यताका सबै प्रधानमन्त्री र गृहमन्त्रीको छानबिन गर्नुपर्ने पनि बताए। ‘हामीले त २०६४ यताका सबै प्रधानमन्त्री, गृहमन्त्रीहरूको छानबिन होस् भनेर भनेका छौँ। त्यसो हुँदा जोकोही पनि छानबिनको दायराभित्र आउन सक्ने भयो। तर, नीतिगत र सैद्धान्तिक रूपले ठीक हो कि होइन भन्ने बहस हुन भने जरुरी छ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top