शनिबार बिहान घोराहीमा प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै धेरैसँग सहकार्य गरेर अनुभव गरिसकेको र अब २०८४ सम्म एमालेलगायत कसैसँग पनि सहकार्य गरेर चुनाव लड्ने सम्भावना नरहेको उनले बताए ।
माओवादी आफ्नो खुट्टामा उभिन सक्दैन भन्ने आरोप खेप्नु परेकोले अब आफ्नै बलबुतामा चुनाव लडेर देखाउने उनले बताए ।
यसअघिको उपचुनावमा पनि एक्लै लडेर परीक्षण गरिसकेको र राम्रै नतिजा आएको उनले बताए । यही क्रममा नै अहिले देशव्यापी अभियानमा हिँडिरहेको दाहालले बताए । ‘हामीले जनताको अपेक्षा अनुसार काम गर्न नसकेकै हो । जनताले हामीबाट धेरै काम हुने सोचेका थिए,’ उनले भने, हामी सोचेजस्तो बन्न सकेनौं । धूलोमैलो लाग्यो । अब यो नपखाली जनताको बिश्वास जित्न सकिँदैन ।’ २०८४ को चुनावमा पनि विगतको माओवादीलाई नभई सुध्रिएको माओवादीलाई भोट मागेको उनले बताए । उनले भने, अब भोट दिनुहोस् भनेको सुध्रिएको माओवादीलाई हो । विगतको मैलो माओवादीलाई होइन ।’