निष्कासन गरिएका विद्यार्थीबारे बोल्न सांसद सुमना श्रेष्ठलाई सभामुख देवराज घिमिरेले समय दिएनन्

प्रतिनिधिसभाको बैठकमा भारतको एक विश्वविद्यालयबाट निष्कासन गरिएका विद्यार्थीबारे बोल्न खोज्ने सासंदलाई सभामुख देवराज घिमिरेले समय दिएनन् । संसदको सोमबारको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले आकस्मिक समयमा भारतमा रहेका नेपाली विद्यार्थीको अवस्थाबारे विषय राख्न खोज्दा सभामुखले समय नदिएका हुन् । संसदको बैठकमा उक्त विषयमा आफ्ना धारणा राख्न र सरकारबाट सूचना माग गर्नुपर्ने भएकाले समय मागेको सांसद श्रेष्ठले बताएकी थिइन् । आफूले पहिल्यै समय माग गर्दा पनि सभामुखले किन समय नदिएको हो ? भनेर उनले सोधेकी थिइन् । सभामुख घिमिरेले भने समय नदिएकाले बोल्न नपाइने बताएका थिए । ‘मैले बोल्न समय दिएको छैन । समय पाएमा आफ्ना कुरा राख्ने हो, नपाएमा नियमअनुसार बस्ने हो,’ घिमिरेले भनेका थिए । त्यसपछि सांसद श्रेष्ठले विषय गम्भीर भएको र परराष्ट्र मन्त्रालयसँग सोध्नुपर्ने भएकाले आकस्मिक समय दिन आग्रह गरेकी थिइन । तर, सभामुखले उक्त आग्रह स्वीकार गरेनन् र समय नदिने अडानमा रहे । श्रेष्ठले भारतको भुवनेश्वरमा रहेको केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निष्कासन गरेको विषय राख्न खोजेकी थिइन् । ती विद्यार्थीलाई तत्काल सरकारले सहयोग गर्नुपर्ने माग राख्नपर्ने सांसद श्रेष्ठको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top