भागदौड मच्चिँदा १८ जनाको मृत्यु

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ। शनिबार राति ९ बजे भारतको राजधानी नयाँ दिल्लीस्थित रेलवे स्टेशनमा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या आइतबारसम्म १८ पुगेको बिबिसीले जनाएको छ। शनिबार राति दुईवटा रेल तोकिएको समयभन्दा ढिला गरी स्टेशन पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो। प्रत्यक्षदर्शीले बताएअनुसार प्लेटफर्म नम्बर १२ मा आउने भनेको रेल प्लेटफर्म नम्बर १६ मा आउछ भनेर माइकिङ भएपछि त्यहाँ अकास्मात भागदौड मच्चिएको थियो।’भिड ठूलो थियो। अचानक भागदौड मच्चियो। भिड नियन्त्रका लागि सुरक्षाकर्मीहरू पनि त्यहाँ थिएनन्,’ ती प्रत्यक्षदर्शीले बिबिसीसँग भनेका छन्। भागदौडमा अरू धेरै मानिसहरू घाइते भएको छन्। डिसिपी केपिएस मलहोत्राले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्। ‘दुई रेल ढिला हुँदा र ठूलो संख्यामा मानिसहरू स्टेसनमा थिए। केही गलत सूचना फैलियो कि भन्ने आकलन पनि छ। यसबारेमा अनसन्धान भइरहेको,’ उनले बिबिसीसँग भनेका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूलाई श्रद्धाञ्जली दिएका छन्। ‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top