भारतको जलगाँउमा रेल दुर्घटनामा १३ जना मध्य ७ जना नेपाली रहेको खुलासा:

भारतको महाराष्ट्र जलगाँऊमा भएको रेल दुर्घटनामा परि हाल सम्म १३ जनाको मृत्यु भएको भारतिय सरकारले पुष्टी गरेको छ । वुधवारका दिन पुस्पक एक्सप्रेस रेलमा अफवाहका कारण भयानक दुर्घटना भएको हो । स्थानिय मिडिया रिर्पोटका अनुसार पुस्पक रेलमा आगो लागेको अफवाहका कारण दुई जना यात्रुले चलिरहेको रेलबाटै हाम फालेपछी रेलभित्र भागदौड मच्चिएको थियो कोहि झ्यालबाट त कोही गुडिरहेको रेलको ढोकाबाट हाम फाल्न थालेका थिए जसकारण एक यात्रुले रेलको चैन तानी रेल रोकेका थिए रेल रोकिने वित्तिकै तिव्र गतिमा विपरित दिशाबाट आउदै गरेको रेलले यात्रु कुल्चिदा १३ जनको मृत्यृ भएको हो ।
यस दुर्घटनाको बारेमा उप मुख्य मन्त्रि अजित पवारको वयान आइसकेको छ । दुर्घटना कसरी भयो? अफवाह कसले फैलायो भन्ने वारेमा उनले भनेका छन – पुस्पक एक्सप्रेस मुम्वई तिर आईरहेको थियो तब पचौरा नजिकै पुग्नै लाग्दा चिया बेच्ने व्यक्तिले रेलको क्याविनमा आगो लागेको अफवाह फैलाएछ, त्यसै क्रममा यात्रा गरिरहेका दुई यात्रु उदल कुमार र विजय कुमारले डरले गर्दा गुडिरहेको रेल वाटै हाम फाले यो घटना देखेर रेलको क्याविनमा भागदौड मच्चियो । यसैक्रममा यात्रुहरु गुडिरहेको रेलको दुवै दिशाको झ्याल बाटै हाम फाल्न शुरु गरेछन । त्यतिवेला एक यात्रुले गुडिरहेको रेलको चैन तानि रेल रोकेका थिए । त्यसपछि यात्रुहरु हाम फाल्दै यताउता भाग्न थाले यसैक्रममा बैङ्लोर बाट मुम्वई तिर गईरहेको कर्ननाटक एक्सप्रेसले यात्रु कुल्चिदा १३ जनाको मृत्यु भएको छ । १० जनाको पुरै शरिर मिल्यो भने ३ जनाको शरिर टुक्रा टुक्रा भएको र घाइतेहरुको उपचार भइरहेको जानकारी दिए ।

उक्त घटनामा ७ जना नेपाली यात्रुहरुको मृत्यु भएको खवर पनि बाहिरिएको छ ।
यसैगरी रेलमन्त्रिको कार्यालयले मृतकको परिवारलाई १ लान ५० हजार, गम्भिर घाइतेको परिवार लाई ५० हजार र सामान्य घाईतेलाई ५ हजार राहत दिने घोषणा गरेको छ भने महाराष्ट्र सरकारको बाट मृतकको परिवारलाई ५ लाख आर्थिक सहायताको घोषण गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top