मेयर हर्क साम्पाङले बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ लेख्दै अख्तियारलाई जवाफी पत्र

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई स्पष्टीकरण सोध्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई  जवाफी पत्र लेखेका छन्।

अख्तियारलाई जवाफी पत्र लेख्दै मेयर साम्पाङले श्रमदान अभियानको खेदो नखन्न, बरु उनले एनसेल, वाइडबडीतिर लाग्न जवाफी पत्र लेखेका छन् । ‘एनसेल, वाइडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला,’ उनले भनेका छन्।

अगाडि लेख्दै उनले भनेका छन्, ‘बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउनु परो, भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुट्‌नु परो, त्यसको लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन धुनैपरो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भूएन, धुनैपरो। लुगा धुन पनि पानी नभइ नहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्ल्यूएचओ, नुहाउनलाई नि पानी चाहियो। यसो… करेसाबासी र बगैँचातिर पनि पानी चाहिने नै भयो। फेरि सुँगुर, कुखुरालगायतका चौपायालाई पनि पानी नखुवाइ नहुने,’ उनले जवाफी पत्रमा भनेका छन्।

यस्तो छ पत्र-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top