राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुने कुरामा ज्ञवालीको आपत्ति

नेकपा एमाले का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति भइसकेको व्यक्ति दलीय राजनीतिमा सक्रिय हुने कुरा उचित नभएको बताएका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी नेकपा (एमाले) मा फर्किने चर्चा भइरहेको बेला बुधबार पत्रकार भेटघाट कार्यक्रममा उपमहासचिव ज्ञवालीले मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा उचित नभएको बताएका हुन्।

‘राष्ट्रपति वा उपराष्ट्रपति संस्था गणतन्त्रको प्रतिकको रूपमा नवोदित संस्थाहरू हो। त्यो संस्थालाई सुदृढिकरण गर्नु र त्यसलाई थप मर्यादित बनाउनु हामी सबैको कर्तव्य हो,’ उनले भने, ‘पूर्वराष्ट्रपति र उपराष्ट्रपतिज्युहरू सचेत नै हुुनुहुन्छ भन्ने म ठान्दछु।’

‘मुलुककै अभिभावक भइकसकेको मान्छे पार्टीको प्रत्यक्ष कार्यकारी भूमिकामा फर्किने कुरा चाहीँ उचित हो जस्तो म ठान्दिनँ,’ उनले भने, ‘सामान्य अवस्थामा पनि त्यो उचित हो भन्ने म ठान्दिनँ। कुनै असामान्य अवस्था उत्पन्न भयो भने हरेक व्यक्तिको भुमिका राष्ट्रले माग्छ। त्यस्तो बेलामा छुट्टै बहस गर्न सकिन्छ।’ पूर्वराष्ट्रिपति भण्डारी नेकपा एमालेको सक्रिया राजनीतिमा फर्किने कुरा बाहिर निर्माण गरेको भाष्य उनले बताए। अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धा गर्न खोज्न आउने कुरामा सत्यता नभएको उनको दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top