वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। त्रिपाठीले सर्वोच्च अदालतको अवहेलना गरेको भन्दै दिलबहादुर राईले निवेदन दर्ता गराएका हुन्।
टेलिभिजन अन्तर्वार्तामा त्रिपाठीले अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग राईले गरेका छन्।
उक्त निवेदनमा आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकेको छ।