दुई ठूलादल एमाले कांग्रेस लागाएत अन्य साना दलहरु मिलेर बनेको ओली प्रधानमन्त्री नेतृत्वको गठवन्धन सरकार विरुद्ध सत्तामै रहेका मधेश केन्द्रित पाँच दलहरु नै सरकार विरुद्ध मोर्चावन्दीमा लागेका छन् । जसमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, जनता समाज पार्टी, नागरिक उन्मुक्ति पार्टी, सरकारमै सहभागी छन् भने जनता समाजवादी पार्टी नेपालले सरकारलाई समर्थन मात्रै गरेको छ ।
मधेश केन्द्रित आठ दलहरु मध्ये तीन दल, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी र तमलोपा सरकार बाहिर छन् । साना दलका कारण राजनीतिक अस्थिरता बढेको र राज्य व्यवस्था प्रणाली नै खलबलिएको भन्दै दुई दलीय व्यवस्थाका लागि थ्रेस होल्ड बढाउने र निर्वाचन प्रणाली नै पुनरावलोकन गर्ने नेताहरूले बताएका छन् त्यसका लागि ओली सरकारले संविधान संसोधनका लागि कार्यदल गठन गरेपछि आफुहरुले पनि कार्यदल बनाएको भनाई उनिहरुको रहेको छ । यदि संविधान संसोधन मधेशी, आदिवासी, जनजाति तथा पहिचानवादी विरुद्धमा आयो भने त्यसका लागि संघर्ष गर्ने तयारीका लागि मोर्चा बनेको मधेशी दलहरुको भनाई रहेको छ ।
