स्वर्गद्धारी गुठीका मोही किसानको माइतिघरमा धर्ना

स्वर्गद्वारी गुठीका मोही किसानहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।
आइतबार बिहानदेखि तीन बुँदे माग राख्दै धर्ना बस्न थालेका हुन्। उनीहरू गौशाला चोकदेखि र्‍याली गरी माइतीघर मण्डलमा पुगेका थिए। दाङको देउखुरीस्थित १२ मौजा ९गाउँ०का पीडितहरू काठमाडौंमा धर्ना दिन आएका हुन्। उक्त गाउँको एक हजार ५० बिघा जमिन गुठी अन्तर्गत पर्छ। किसानले पुस्तौंदेखि खेतिपाती गर्दै आएको ती जग्गाको मोही आफूहरू रहेको तर स्वामित्व भने स्वर्गद्वारी गुठीको नाममा भएको पीडित मोही किसान संघर्ष समितिले जनाएको छ। यसअघि दाङमै २०८० फागुन ७ देखि १ महिनामै आन्दोलन गरेका थिए। सरकारसँग दुई बुँदे सम्झौता भएपनि एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको उनीहरूको भनाइ रहेको छ । उनीहरूले मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानी बापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्न माग गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top