Samachar Bank

गरिमा भत्किने गरी समाचार प्रकाशन भए अदालत टुलुटुलु हेरेर बस्दैन : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालयमा पत्रकारको पहुँचका लागि इजलासमै छुट्टै स्थान बनाएर बस्ने व्यवस्था मिलाउने बताएका छन् ।  ललितपुरमा आयोजित सर्वोच्च अदालतमा मुद्दा वक्यौताको स्थिति र प्राथमिकताका क्षेत्रहरू विषयमा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पत्रकारको न्यायालयमा सहज पहुँच नभएको भन्ने गुनासोप्रति आफू गम्भीर रहेको बताए । उनले सूचना दिनका लागि आफूहरू प्रयत्नशील रहेको उल्लेख गर्दै इजलासमै बस्नका लागि पनि बाहिर छुट्टै स्थान बनाउने व्यवस्था गर्ने बताए । अदालतको बारेमा टीकाटिप्पणी, आलोचना नहोस् भन्ने आफूले नठान्ने तर नभएको तथ्य उजागर गरेर अदालतको हुर्मत लिने काम नगर्न चेतावनी दिए । अदालतबाट मान्छेको भरोसा डगमगाएको भए यसरी लाखौँ मुद्दा दर्ता नहुने उनको भनाइ छ । आफू पूर्ण प्रेस स्वतन्त्रताको हिमायती रहेको उल्लेख गर्दै न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा भत्किने गरी समाचारहरू प्रकाशन भए अदालतले टुलुटुलु हेरेर नबस्ने बताए । न्यायालयले आफ्नो मर्यादा ननाघ्ने र संयमता पनि नगुमाउने स्पष्ट पारे । मर्यादा र संयमताभित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्ने कुरामा न्यायिक नेतृत्व सजग र संवेदनशील रहेको उनको भनाइ छ । प्रधानन्यायाधीश राउतले भने, ‘पत्रकारको न्यायालयमा पहुँच भएन कि भन्ने छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु । कम भयो कि भन्ने छ । मुख्य रजिस्टार यहीँ हुनुहुन्छ । सूचना दिनका लागि हामी प्रयत्नशील छौँ । त्यहाँ बस्नका लागि बेन्चमै पनि इजलासको बाहिर बस्न एउटा छुट्टै रो पनि बनाउन सकिन्छ भने त्यो पनि सक्छौँ । कुनै कुरामा विघ्न बाधा छ भने त्यसलाई हटाउँछु । मेरो संवैधानिक दायित्व पूरा गर्न म कठोरसँग लाग्नेछु । अदालतको बारेमा टीकाटिप्पणी, आलोचना नहोस् भन्ने पनि होइन । तर नभएको सत्य, तथ्य उजागर गरेर अदालतको हुर्मत लिनु हुँदैन ।’ उनले भने, ‘यदि अदालतबाट मान्छेको भरोसा डगमगाएको भए यसरी लाखौँ मुद्दा कहीँ पर्छ ? जुन कुरा होइन, नभएको कुरा होइन भनेर सम्प्रेषण गर्नुपर्छ । म पूर्ण प्रेस स्वतन्त्रताको हिमायती मान्छे हुँ । म कलमबाट परेको बेलामा गर्नुपर्ने सम्मान र समर्थन गर्न म तयार छु । तर न्युज सेन्सेसनको मोहमा अदालतको गरिमा र मर्यादा गरिमा भत्किने गरी ती कुराहरू उजागर हुन थाल्यो भने फेरि के अदालत टुलुटुलु हेरेर मात्रै बस्न मिल्छ ? हामीले सन्तुलन खोज्नुपर्दैन ? हामी मर्यादा नाघ्दैनौँ । हामी संयमता पनि गुमाउँदैनौँ । मर्यादा र संयमता भित्र पूर्ण प्रेस स्वतन्त्रतालाई कसरी सम्मान गर्ने भन्ने कुरामा न्यायिक नेतृत्व सजग र संवेदनशील छ ।’ प्रधानन्यायाधीश राउतले न्यायालयलाई भरोसा र विश्वासको केन्द्र बनाउन आफूहरू लागिपरेको बताए ।

Read More

सहरी विकास मन्त्रालयको मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठक सम्पन्न

सहरी विकास मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहको उपस्थितिमा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको हो। बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशप्रसाद सिंह, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहनदत्त भट्ट, अर्थ मन्त्रालयका उपसचिव तिर्थ राज बराल तथा मन्त्रालयका सहसचिवहरू र अन्तर्गतका विभिन्न निकायका प्रमुखहरू सहभागी थिए।

Read More

७२ सहसचिव सरुवा हुँदा किन परेनन् काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत ?

काठमाडौँ । मन्त्रिपरिषद्को साउन २६ गते बसेको बैठकले विभिन्न स्थानमा कार्यरत ७२ सहसचिवको सरुवा गर्‍यो । मन्त्रालय र एउटा निकायबाट अर्को निकायमा सरुवा गर्दा मन्त्रिपरिषद्ले गर्ने व्यवस्था अनुरूप त्यो बैठकको निर्णय साउन २८ गते सार्वजनिक भयो । ठुलो सङ्ख्यामा सहसचिव सरुवा हुँदा पनि लामो समय विवाद रहेको काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव सरोज गुरागाईँ सरुवा भएनन् । महानगर प्रमुख बालेन्द्र साह (बालेन)सँग गुरागाईँको गत पुसदेखि विवाद छ । विवादका कारण नगरपालिकाको नीति तथा कार्यक्रम र आर्थिक वर्षको बजेट ल्याउन पनि ढिलाइ भएको थियो । यतिसम्म की नगरप्रमुख बालेनको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईँलाई आफ्नो कार्यकक्षमा छिर्न नदिएका नगर प्रमुख राजुनाथ पाण्डेलाई बलजफ्ती कार्यकक्षमा छिरेका गुरागाईँले निलम्बन गरे । उनको निलम्बनलाई चुनौती दिँदै पाण्डे अदालत गएपछि अदालतले निलम्बन फुकुवा गरिदिएपछि काममा फर्किएका छन् । विवादका बिच अहिले भने महानगर प्रमुख बालेनले गुरागाईँलाई त्यहाँ राख्न चाहेका छैनन् भने गुरागाईँ आफै पनि विवाद गरेर बस्न चाहिरेका छैनन् । बालेन र गुरागाईँ दुवैले सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका थिए । महानगर प्रमुख बालेनको सचिवालयले साह र स्वयं गुरागाईँले सरुवाका लागि आग्रह गरेको तर सरुवा भएको नभएको जानकारी दियो ।मन्त्रालयले सरुवाका लागि पठाएको सूचीमा नाम नपठाएर हो या प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले टिप्पणी नउठाएर हो गुरागाईँको सरुवा भएन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव पीताम्बर घिमिरेले काठमाडौँ महानगरपालिका प्रमुख बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईँले सरुवाका लागि आग्रह गरेको आफूलाई जानकारी नभएको बताए ।

Read More

वामदेव गौतम बने तेस्रो वरीयताका नेता

वामदेव गौतम नेकपा (एकीकृत समाजवादी) को तेस्रो वरीयताका नेता बनेका छन्। पार्टीका उपमहासचिव एवम् प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बसेको पार्टी सचिवालयको बैठकले गौतमलाई तेस्रो वरीयतासहित १२ जना नेता केन्द्रीय कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ। एकता राष्ट्रिय अभियानबाट एकीकृत समाजवादीमा मिसिएका डिबी कार्कीलाई पोलिटब्युरो सदस्य बनाइएको छ। त्यस्तै, वामदेव पत्नी तुलसी थापा पोलिटब्युरो सदस्य, लोकनाथ धमला पनि पोलिटब्युरो सदस्य बनेका छन्। भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भण्डारी, रविन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, मोहम्दशेर बागवान केन्द्रीय सदस्य बनेका छन्। एकीकृत समाजवादीको सचिवालय बैठक अहिले पनि बसिरहेको छ।

Read More

मनोहरा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव

काठमाडौँ । काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले  ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन् । घटनास्थलमा रहेका  नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो ।  ‘बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो,’ उनले भने । डोजर प्रयोग गरेर महानगरले करिब २० देखि २५ वटा घर,टहरामा डोजर चलाइसकेको छ । अहिले पनि सो क्षेत्रमा अवस्था तनावग्रस्त रहेको र स्थितिलाई नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Read More

महाकाली सम्झौता ठिक थियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अझै पनि महाकाली सम्झौता कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन्। शनिबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली सम्झौता ठिक रहेको र सरकार अझै कार्यन्वयन गर्ने पक्षमा रहेको बताएका हुन्। ‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ। अहिले सबै कार्यान्वयन गर्ने पक्षमा छन् म पनि छु,’ उनले भने। उनले निकट भविष्यमै कार्यान्वयन गर्ने तयारी रहेको पनि बताए। ‘सम्भव भएसम्म निकट भविष्यमै महाकाली सम्झौता पारित गर्दै पञ्चेश्वर परियोजना कार्यानव्यन गर्छौं। यो गर्नुपर्ने छ,’ उनले भने। उनले सोही सम्झौताअनुसार  बिजुलीको पैसा, पानी लिइरहेको बताए।  चाँदनी दोधारामा पानीको विषयमा फेरि कुरा अगाडि प्रधानन्त्री ओलीले बताए। उनले त्यतिबेला पार्टी विभाजन गर्नका लागि महाकालीमा नक्कली इस्यू खडा गरिएको बताए। ‘महाकालीको इस्यू भनेको जसलाई त्यतिबेला राष्ट्रवादको झन्डा देखाएर महाकाली भन्दै कुद्ने स्थिति थियो। नक्कली आडम्बरी र पाखण्डी कुरा थियो त्यसमा कुनै दम थिएन,’ उनले भने, ‘त्यो सन्धी ठिक छ। सम्झौता ठिक छ। तर त्यसबेला नदी खोला बेचे खाए भनियो। कुनै नदी खोला बेचिएको थिएन,’ उनले भने।उनले स्वाधीनता र सार्बभौसत्ता अलिकति पनि तलमाथि हुन नदिने पार्टीमाथि त्यस्तो आरोप लगाएको पनि बताए। ‘नेकपा एमाले राष्ट्रको सार्वभौमसत्ता सम्प्रभूत्ता, भोगोलिक अखण्डता राष्ट्रिय हित स्वाधीनता स्वतन्त्रता अथवा स्वाभिमान  केहीलाई पनि बेच्ने त कल्पनै छाडिदिऔं अलिकति तलमाथि हुन नेकपा एमालेले दिँदैन। यस्तो शक्तिमाथि आरोप लगाइयो,’ उनले भने।

Read More

प्रचण्डले दिए एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीलाई बधाइृ दिएका हुन्।  ‘यसको लागि तपाईंहरूको मेहनत, लगनशीलता र दृढ संकल्पमा साथ दिने शिक्षक/शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्दछु,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अपेक्षित नतिजाबाट बञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दछु।’ उनले राष्ट्र निर्माण र समृद्धिका लागि एसईईमा प्राप्त उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन्।

Read More

विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्ति

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रबार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुने गरी बोलेको भन्दै उनले आपत्ति जनाएका हुन्। शनिबारको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएको र यो सुखद कार्य भएको बताएका छन्। यस्तो नतिजामा पनि केही मानिसहरूले अङ्क थपेर पास गराइयो भन्दै अपमान गरेको बताए। नयाँ पुस्ताको मेहनतलाई होच्याउने र अपमान गर्ने काम भएको भन्दै दुःख लागेको बताए । उनले नेपाली विद्यार्थीमा मेहनत गरेर आफ्नो उचाइ अघि बढाउन सक्ने खुबी रहेको बताए। प्रधानमन्त्री ओलीले भने, ‘खुसीको कुरा हो। यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। एसईईको नतिजामा गत वर्षको भन्दा १४ प्रतिशतले राम्रो नतिजा वृद्धि भएको छ। यस अवसरमा राम्रो नम्बरका साथ उत्तीर्ण हुने विद्यार्थीलाई हार्दिक बधाई भन्न चाहन्छु, उनीहरूको सफलताको शुभकामना दिन चाहन्छु। ४८ प्रतिशतभन्दा कमको अवस्थाबाट ६१.८१ प्रतिशतको नतिजा पुर्‍याउन मेहनत गर्ने विद्यार्थी भाइबहिनीलाई धन्यवाद दिन चाहन्छु, राम्रो ध्यान दिएर विद्यार्थीलाई पढाउने शिक्षकलाई धन्यवाद दिन चाहन्छु, उनीहरूको मेहनत सफल भएको छ।’ प्रधानमन्त्री ओलीले आगामी वर्ष ६५ देखि ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी सरकारले आफ्नो योजनाअनुसार अघि बढाउने बताए। विद्यार्थी फेल नहुने परिस्थिति निर्माण गर्नुपर्ने बताए।

Read More

रवि लामिछानेलाई लक्षित गर्दै जेलमा हुँदा समेत ठग्न नछाडेको कांग्रेसका सांसद रामहरि खतिवडाको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा हुँदा समेत ठग्न नछाडेको आरोप लगाएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले भने, ‘रविको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानबारे उनले भने बदमासी गर्नेहरूले कहीँ जाँदा पनि छाड्दैनन्। जेलमा बस्दा होस् वा बाहिर ठग्न नछाड्ने प्रवृत्ति व्यापक रूपमा भएको छ। जोसुकै होस्, जेलमा परेको छु सहयोग गर्नुस् भनेर चन्दा उठाउँदै छन्। यस्तो प्रवृत्ति देखियो, जेल भित्रबाट पनि।’ उनले यस्तै, सुमिरे टुर एण्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौँ मानिसबाट अर्बौैं रुपैयाँ लिएर बदमासी गरिरहेकाहरू पनि सांसद बनेर सदनमा आएको भन्दै त्यसको छानबिन गर्न माग गरे।

Read More

देउवाले चाहेको र बनाउन सक्ने सभापतिको सम्भावित उम्मेदवार को हो त?

‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ। हाम्रो पार्टीको रोग नै यही हो। हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ। म रिटायर्ड हुन लाग्या छु। यो पार्टीलाई एक बनाउने इच्छा छ,’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवारा शुक्रबार चितवनमा व्यक्त विचारको एक अंश हो यो। पार्टी विधानले तेस्रो पटक सभापति बन्न रोक लगाएसँगै देउवा १५औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्न पाउने छैनन्। तर कतै देउवाले विधान नै संशोधन गरेर फेरि उम्मेदवार बन्ने त होइन भन्ने आशंका पार्टीकै नेताहरूले गर्दै आएका थिए। यो आशंकालाई देउवाले चिरेका छन्। कांग्रेसनेत्री गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा शुक्रबार चितवन पुगेका देउवाले आफू पार्टीबाट ‘रिटायर्ड’ हुन लागेको बताएका हुन्। पहिलो पटक उनले यस्तो अभिव्यक्ति दिएका हुन्। देउवाको यो अभिव्यक्तिसँगै अब देउवाको उत्तराधिकारी को भन्ने बहस कांग्रेसमा थप मुखर हुने विश्लेषण गर्न थालिएको छ। दोस्रो पुस्ताका नेताहरूले देउवाको उत्तराधिकारी बन्न आआफ्नै ढंगबाट प्रयास तीव्र बनाउँदै आएका छन्। देउवाले चाहेको र बनाउन सक्ने सभापतिको सम्भावित उम्मेदवार को हो त? यस विषयमा देउवा स्वयंले केही खुलाएका छैनन्। तर २०८० भदौ १९ गते चितवनबाटै कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाले १५औं महाधिवेशनमा देउवाको साथ र समर्थन आफूले पाउने संकेत गरेका थिए। ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, नहुने भन्ने के छ र?’ शशांकले त्यतिबेला भनेका थिए। पार्टी नेतृत्वका आकांक्षी अन्य नेताहरू पनि रहेको स्वीकार गरेका शशांकले सबैसँगको छलफलमै अघि बढ्ने दाबी गरेका थिए। देउवाले शुक्रबार चितवन पुगेर आफू रिटायर्ड हुन लागेको बताइरहँदा शशांक र पूर्वउपसभापति विमलेन्द्र निधि पनि सँगै थिए। देउवासँग निकट मानिएका निधिसँगै प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, गोपालमान श्रेष्ठसहितका नेता नेतृत्वका आकांक्षी छन्। यसअघि १४औं महाधिवेशनमा देउवाका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले पनि नेतृत्वमा पुग्न नेता–कार्यकर्तासँगको भेट र भेलालाई तीव्र पारेका छन्। महामन्त्री गगनकुमार थापा पनि नेतृत्वका आकांक्षी हुन्। उनले पनि पार्टीका नेता र कार्यकर्तासँगको भेटलाई तीव्रता दिएका छन्। २०४६ सालको राजनीतिक परिवर्तनपछि विधानको अतिरिक्त सुविधा प्रयोग गरेर मात्र महाधिवेशन गर्दै आएको कांग्रेसमा अरू कोको नेतृत्वका आकांक्षी छन्, खुल्दै जालान्। राजनीतिमा असम्भव भन्ने केही नभएको भन्दै अन्तिममा देउवाको साथ र समर्थन शेखरलाई नै हुन सक्ने कतिपयको तर्क र विश्लेषण छ। तर, कांग्रेसभित्रको अहिलेसम्मको अवस्थाले त्यो सम्भावना अत्यन्तै कम मात्र होइन, कमजोर देखिएको छ। त्यसो भए देउवाको समर्थन कसलाई रहन्छ त? देउवा निकट कतिपय नेता र कांग्रेसका जानकारहरूका अनुसार उनको प्राथमिकताको सूचीमा शशांक कोइराला र कृष्णप्रसाद सिटौला अघि पर्न सक्छन्। त्यसपछि पूर्णबहादुर खड्का, निधि, सिंह, श्रेष्ठसहितका नेताहरू प्राथमिकतामा पर्ने विश्लेषण गरिएको छ। १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षमा विद्रोह गरेर सिटौला सभापतिको प्रत्यासी बनेका थिए। नेतृत्व चयन दोस्रो चरणमा जाँदा सिटौलाले देउवालाई समर्थन गरेका थिए। रामचन्द्र पौडेल (हालका राष्ट्रपति) सभापतिमा पराजित भएका थिए। पौडेल समूहबाट महामन्त्रीका उम्मेदवार शशांक भने निर्वाचित भएका थिए। १४औं महाधिवेशनमा भने सिटौला आफू सभापतिको उम्मेदवार बनेनन्। त्यसबेला देउवाको सहयोगी बनेका सिटौला राष्ट्रपतिका आकांक्षी रहेको निकटहरूको दाबी थियो। तर आफ्नै समूहबाट साझा उम्मेदवार बन्न असफल भएपछि पौडेल महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धाबाट अलग भए। त्यसको लाभ महाधिवेशनमा देउवालाई नै भयो। देउवाले पछि पौडेललाई राष्ट्रपति बनाए। प्रतिनिधिसभा सदस्यमा पराजित सिटौलालाई देउवाले राष्ट्रियसभा सदस्य बन्न आग्रह गरे। देउवा र तत्कालीन प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि सिटौलार्ला राष्ट्रियसभा अध्यक्ष बनाउने आश्वासन दिएका थिए। त्यसअघि नै माओवादी केन्द्रले कांग्रेससहितका दलहरूसँगको गठबन्धन तोड्दा सिटौला उक्त भूमिकामा पुुग्न पाएनन्। त्यसपछि सिटौला–देउवा सम्बन्ध थप बलियो बन्दै गएको निकटहरूको दाबी छ। शेखरसहितले महाधिवेशन केन्द्रित भेटघाटलाई तीव्र बनाएपछि सिटौलाकै अगुवाइमा गत फागुन पहिलो साता ११ जना नेताले देउवालाई भेटेर सभापतिको उम्मेदवार तोक्न दबाब दिएका थिए। तर देउवाले समय आएपछि छलफल गरेर अघि बढ्ने बताएका थिए। १४औं महाधिवेशनमा शेखर सभापतिको प्रत्यासी बन्दा उनको पक्षमा शशांक खुलेनन्। देउवा इतर समूहबाट आफू वा पौडेललाई सभापतिको उम्मेदवार बन्ने/बनाउने शशांकको चाहना थियो। चाहनाअनुसार नभएपछि शशांक केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मौन बसे। त्यसको लाभ देउवालाई पुग्यो। देउवा १४औं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भए। १५औं माधिवेशनमा देउवाले त्यो गुन शशांकलाई तिर्ने एकथरी कांग्रेस नेताहरूको विश्लेषण छ। देउवाबाट शशांकले केही आश्वासन वा संकेत पाएको हुनसक्ने अनुमान कांग्रेसभित्र लगाउने गरिएको छ। राजनीतिक मात्र होइन, जीवनको उत्तरार्धमा पुगेका देउवाले पार्टी नेतृत्व बिपी (बिपी कोइराला) कै छोरामा हस्तान्तरण गर्न लागेको भावुक कुरा गरेर निकटहरूको व्यवस्थापनलाई सहज बनाउन सक्ने तर्क पनि कांग्रेसभित्रै गर्न थालिएको छ। आफू बिपीको सच्चा अनुयायी भएको बताउने देउवाका लागि नेतृत्वका आकांक्षीमध्ये शशांक कम खतरा हुने पनि उनीहरूको बुझाइ छ। तर शशांक देउवाको साथ र समर्थन नपाए सभापतिको प्रत्यासी पनि नबन्ने निकटहरूको दाबी छ। त्यस्तो अवस्थामा शशांक शेखरको पक्षमा खुल्ने विश्लेषण गर्न थालिएको छ। कांग्रेसका कतिपय नेताहरू शेखर, शशांक र सुजाता कोइराला मिलाउन सक्रिय भएका छन्। अघिल्लो महाधिवेशनमा कोइराला परिवारका तीन सदस्य तीनतिर फर्कंदा त्यसको लाभ देउवाले उठाएको जनाउँदै शुभेच्छुकहरूले उनीहरूलाई मिल्न दबाब बढाउन थालेका हुन्। त्यस्तै पूर्वउपसभापति निधि पनि देउवासँग चिसिएको सम्बन्ध सुधार गरेर उत्तराधिकारी बन्ने कोसिसमा छन्। देउवाका अप्ठेराका सहयोगी निधि १४औं महाधिवेशनमा भने देउवासँगै सभापतिको प्रत्यासी बनेका थिए। पहिलो चरणमा सभापति निर्वाचित हुन आवश्यक मत कसैले पनि पाएनन्। बढी मत पाएका दुई उम्मेदवारबिच दोस्रो चरणमा गएको निर्वाचनमा निधि देउवाको पक्षमा खुलेका थिए। उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीमा रहँदा नेपाल प्रहरीको प्रमुख (प्रहरी महानिरीक्षक) नियुक्तिलाई लिएर देउवा र निधिको सम्बन्धमा खटपट आएको थियो। त्यससँगै चिसिएको सम्बन्ध पुरानो अवस्थामा अझै फर्केको छैन। अहिले उपप्रधानमन्त्रीसमेत रहेका पूर्वउपसभापति प्रकाशमान सिंह पनि १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार थिए। रामचन्द्र पौडेल र शेखर कोइराला नभए आफूलाई देउवा इतर समूहबाट सभापतिको प्रत्यासी बनाउनुपर्ने उनको जिकिर थियो। नेताहरूबिच समझदारी निर्माण नहुँदा इतर समूहबाट शेखर र सिंह दुुवै उम्मेदवार बनेका थिए। दोस्रो चरणमा गएको निर्वाचनमा सिंह देउवाको पक्षमा खुलेका थिए। अहिले सिंह, निधि, शशांक, सिटौला, श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहितका नेताले आगामी महाधिवेशन केन्द्रित ‘लन्च मिटिङ’ गर्दै आएका छन्। उनीहरूले सातै प्रदेशमा भेला आयोजना गर्ने जनाउँदै आगामी महाधिवेशनमा साझा उम्मेदवार बनाउने दाबी गर्दै आएका छन्। देउवा समूहबाटै उपसभापति निर्वाचित पूर्णबहादुर खड्का पनि सभापतिको आकांक्षी छन्। देउवालाई विगतदेखि वर्तमानसम्म सहयोग गर्दै आएका खड्काले आफू नै देउवाको उत्तराधिकारी भएको निकटहरूसँग बताउँदै आएका छन्। नयाँ र पुराना पुस्ताका नेताहरूको सन्तुलन मिलाएर आफूले मात्र पार्टीलाई अघि बढाउन सक्ने खड्काले निकटहरूसँग बताउने गरेका छन्। शेखर समूहबाटै महामन्त्री निर्वाचित गगनकुमार थापा पनि नेतृत्वका आकांक्षी छन्। नेतृत्वको दौड बढाएसँगै शेखरसँग उनको दूरी बढ्दै गएको छ। शेखर र गगनबिचको सम्बन्धमा थप सुधार नआए महाधिवेशनमा उनीहरू एक ठाउँमा उभिने अवस्था आउनसक्ने निकटहरूको बुझाइ छ। सम्बन्ध सुधार्न शेखर र गगन निकटहरू लागिपरेका छन्। उनीहरूको प्रयास सफल हुुन नसके उपसभापति खड्का र महामन्त्री थापा एउटा बिन्दुमा उभिने अवस्था आउने विश्लेषण पनि गर्न थालिएको छ। विधानमा भएको चार वर्षको समयसीमाअन्तर्गत मंसिरभित्र कांग्रेसको १५औं महाधिवेशन नहुने निश्चित छ। कांग्रेस विधानअनुसार…

Read More
Back To Top